काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ। एमाले उपाध्यक्ष पौडैलसहित नेत काशीनाथ अधिकारी, पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल एक साता लामो चीन भ्रमणमा जान लागेका हुन्।
चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनीहरु चीन जान लागेका हुन्।
एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार चीन प्रस्थन गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनीहरु चैत १४ गते स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।