काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले देशका ७७ वटै जिल्लामा पार्टी संरचना निर्माण गरेको छ। कमल थापा नेतृत्वमा पुनर्जागृत भएको एक महिनामै देशभर जिल्ला संरचना विस्तार भएको राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले बताए।
यो अवधिमा राप्रपा नेपालले पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले पार्टीको अभिलेख समेत बुझाएको छ।
स्थानीय तह निर्वाचनको प्रयोजनको निम्त्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए।
७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको र काठमाडौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेस गरिएकाले अब राप्रपा नेपाल दुबोसरि मौलाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।