काठमाडौं– पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए। विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न सहमत भएका थिए। आन्दोलन सफल भएपछि उनी प्रधानमन्त्री बनेका थिए। पुनस्र्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो।
नेपालमा नेकपा(माओवादी) सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२÷६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो।
चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्बाह गरेका हुन्। उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो। कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी १२ औँ स्मृति दिवस मनाउँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।