काठमाडौं– रुसका युक्रेनबीचको युद्ध नरोकिए तेस्रो विश्वयुद्ध हुन सक्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन्।
आफू रुससँग वार्ताका लागि तयार रहेको भन्दै उनले रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिएका हुन्।
आफू पुटिनसँग वार्ताका लागि सधै तयार रहेको उनले बताएका छन्। ‘वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भनेका छन्, ‘सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ।’
जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।