काठमाडौं– हाल प्रदेश १ तथा देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हालपश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ।
आज (सोमबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।