काठमाडौं- नेपाल–इटाली उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति गठन भएको छ। संघको सातौं वार्षिक साधारण सभाले अध्यक्ष नवराज ढकालको नेतृत्वमा २५ सदस्य कार्यसमिति गठन गरेको हो।
कार्यसमितिको विशिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल छन्।
यता, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल तथा सचिवमा तीर्थबहादुर रोका र मनोज श्रेष्ठ छन्।
कार्यसमिति सदस्यहरुमा अरनिको राजभण्डारी, अरुण केसी, वाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल, विरेन्द्र शाही, किसन सुनार, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार वन्सल, शुशिल जैन, विनोद साक्तानी र युगेस वादे श्रेष्ठ छन्।
संघले नेपाल र इटालीबीच भइरहेको व्यापार व्यवसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचनाप्रविधि तथा अन्य मेसिनरी वस्तुहरुमा थप लगानी वृद्धि गर्दै दुई देशको व्यापार व्यवसायलाई लगानीमैत्री बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।