काठमाडौं- न्याय सेवा आयोगको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन्।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।