काठमाडौं- युद्धग्रस्त खाडी मुलुक यमनमा खाना पकाउने ग्यास र इन्धनको अभाव भएको छ। बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्यास र इन्धनको अभावका कारण लामो लाइन देखिने गरेको छ। ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन्।
अधिकारीहरूले सिन्ह्वासँग ग्यासको अभाव निरन्तर बढिरहेको बताएका छन्। यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह शहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्यास सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन्।
एडेनमा बसोबास गर्ने अहमद जलालले सिन्ह्वासँग भने,‘मैले खाना पकाउने ग्यास सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिनेभन्दा धेरै कम पाएको छु।’
रूस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न सकिएको छैन। हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ।
जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौं गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।