• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावी घरदैलोमा नेताहरूको भाषण : अजेन्डामा वेवास्ता, गाली र निन्दामै मग्नमस्त

64x64
नेपाल लाइभ आइतबार, चैत ६, २०७८  २०:४६
1140x725

काठमाडौं– वैशाख ३० को स्थानीय निर्वाचन लक्षित कार्यक्रमका लागि शीर्ष नेताहरुको दौडाह छ। जनताहरु उनीहरुले देशका लागि देखेको सपना सुन्न कार्यक्रममा उपस्थित हुन्छन्। संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष बित्नै लाग्दा त्यसले समातेको लय मिल्दो-अमिल्दो के छ आमजनले जान्न चाहेका छन्। 

दलहरुले विगतमा गरेका प्रतिबद्धताअनुसार दिइएका मतको हिसाबकिताब अलि–अलि भएपनि निकालेका होलान् भन्ने उनीहरुको स्वाभाविक अपेक्षा हो। त्यही जगमा टेकेर आगामी पाँच वर्षमा कहाँ पुग्ने लक्ष्य लिएका छन् भन्ने थाहा पाउनु उनीहरुको अधिकार हो। 

चुनावको छेकमा आगनमा झुल्किरहेका ठूला नेताहरुको सभा 'पधेंरो वा चियाचौतारो'जस्ता देखिन थालेका छन्। उनीहरु त्यहाँ आफ्ना लक्ष्य, उद्देश्य, सपना र योजना होइन, अर्कैको कुरा काटिरहेका छन्। एकले अर्कालाई धारेहात लगाइरहेका छन्। 

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विभिन्न कार्यक्रममा सहभागी भए। उनीहरुले त्यहाँ आफ्नो पार्टीले आमजनमाझ लैजान चाहेको योजनाका कुरा गरेनन्। देशका लागि देखेको सपनाका कुरा गरेनन्। बरु कार्यक्रमको महत्त्वपूर्ण समय एकले अर्काको आलोचना गर्नमै बिताए। 

इलाममा ओलीले ओकलेका तीर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको फिक्कल पुगे। लामो समयदेखि सूर्य चिह्नबाट जितिरहेका हाल एकीकृत समाजवादीतर्फ लागेका झलनाथ खनालको निर्वाचन क्षेत्र हो त्यो। त्यहाँ पुगेर उनले नेता खनाललाई मात्रै नभएर निर्वाचन आयोगसम्मलाई घोचपेच गरे। 

खनालको ठाउँमा सूर्य चिह्नबाट चुनाव लड्नेले गर्ने कामलाई तपशिलमा राखेर उनले ओकलेको बोलीका तीर यस्ता छन् :
१ सूर्यलाई ताराको मोर्चाबन्दी
२ नक्कली एमालेले सिध्याइदिन्छन्
३ कम्युनिस्टकै बर्को ओडेका अन्तरे-जन्तरेहरु कम्युनिस्ट पार्टी ढाल्नका लागि लागे
४ एमालेलाई अलिकति टोकी हेर्न नखोजे हुन्छ, तिम्रा दाँत उछिट्टिएलान्।
५ एमालेले लगाइदिएका जुँगामा ताउ लगाउने अनि एमालेको बाकस खालि गर्छु भन्ने?
६ माओवादीका टाठाबाठाले खाए, बलिदान दिन तत्पर हुनेहरुले केही पनि पाएनन्।
७ कांग्रेसको अनुकूल हुने गरी मत पत्र छाप्ने, अनि सूर्य हरियो हुन्छ कहीँ?

अहिले एउटा पाँच दलीय गठबन्धन बनेको छ। एक्लै त एमालेतिर चियाउन कसैले सक्दै सक्दैन। एक्लै कसैले आँटै गर्दैन। त्यसैले पाँच दलीय गठबन्धन। पाँच वटा नमिलिकन एक्लै त सामुन्नेमै पर्न सक्दैनन्। यत्रो आमसभा पाँच दलले त सक्दैन नि गर्न। अरु खोज्नुपर्छ उनीहरुले। नेकपा एमाले मात्रै हो, सिंगो जनताको प्रतिनिधि। त्यसलाई पाँच दल, सात दल चाहिँदैन। एउटै दल एमाले काफी छ। ताराहरु रातभरि आकाशमा हुन्छन्। एउटै सूर्य बिहान झुल्किएपछि सबै संसार उज्यालो हुन्छ। सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन। सूर्य मोर्चाबन्दी गरेर लडिरहनुपर्ने आवश्यक छैन। यो जुनकिरीको पिलपिल होइन, सूर्य। संसार ढाक्नेगरी उज्यालो सूर्य आफैंसँग छ। 

छोटो समयमा एमालेले सरकारको नेतृत्व गर्‍यो। साँच्चैको एमाले पुग्नुपर्ने रहेछ त्यहाँ (सरकारमा)। नक्कली एमाले पुग्यो भने ढसमस्स बसेरै समय सिध्याइदिन्छन्। अगाडि पनि केही केही साथीहरु पुगेको देखियो। तर, के गर्नुभयो भन्दा यो गर्नुभयो भन्ने एउटा पनि देखिएन।

Ncell 2
Ncell 2
nimb
nimb

जनताका बीचबाट, संसद्‌बाट एमालेलाई ढाल्न सम्भव थिएन। त्यसकारण पार्टी चोइट्याउने, पार्टी टुक्र्याउने, दुई तिहाइमा पुगेको कम्युनिस्ट पार्टीलाई झार्ने, कम्युनिस्टकै बर्को ओडेका अन्तरे जन्तरेहरु, कम्युनिस्ट सरकार ढाल्नका लागि, अब हुँदै गएर हेर्नुस् त, एमालेले, एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलका मूल्य, बगाएका पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दाखेरि खर्चिएको समय, कार्यकर्ताको मिहिनेत, त्यो कुरा सबै बिर्सिएर, त्यसको भत्ता खाइराखेर, राजीनामा गर्नुपर्दैन कमसेकम? त्यसबाट अलग हुनुपर्दैन? अनि नेकपा एमालेले लगाइदिएको एमपीको, सांसद्को फुली बोकेर र मेयरको फुली बोकेर, फिर्ता गर्नुपर्दैन त्यो? नगरिकन, अनि विचार गर्नुस् त, कति साह्रो लाज नभएको। कमसेकम नेकपा एमालेले टाँसिदिएको जुँगा उखालेर, त्यो त खौरिएर छोड्नुपर्छ नि कमसेकम। नेकपा एमालेले लगाइदिएका जुँगा ताउ लगाउने अनि एमालेको बाकस खालि गर्छु भन्ने? बाकस कसको खालि हुन्छ म भन्दिनँ, तपाईंहरुले जवाफ दिनुपर्छ। आउँदो वैशाख ३० गतेको निर्वाचनमा। म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, नुन बिर्सिने, गुन बिर्सिने, यस्ता तत्वहरु स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरुले जवाफ दिनुपर्छ। मुखभरि जवाफ दिनुपर्छ।

२०५४ सालमा एकपल्ट नेकपा एमालेको दुई तिहाइ आउन लागेको बेला पार्टी फुटाउने केही तत्वहरु निस्किए। पार्टी फुटाए। दुई तिहाइ आउन त के, बहुमत पनि आएन। अहिले त्यही दिन सम्झिएर फेरि एक पटक एमालेलाई बहुमत ल्याउनबाट रोक्ने भनेर लागेका छन्। अर्कोथरी तत्वहरु सक्रिय भएका छन्। म तिनीहरुलाई भन्न चाहन्छु। अब नेकपा एमालेले ती अनुभवबाट पनि सिकेको छ। एमालेका कार्यकर्ताले सिकेका छन् र एमाले कार्यकर्ता अब तिमीले यसको कत्तिको छिप्पिएछ भनेर नङ नगाडे हुन्छ। एमाले कार्यकर्ता छिप्पिएका छन्। एमाले कार्यकर्ताले बुझेको छ, एमालेलाई अलिकति टोकीहेर्न नखोजे हुन्छ। तिम्रा दाँत उछिट्टिएलान्। एमाले टोकिनेवाला छैन, चोइटिनेवाला छैन। दुई चार जना जान सक्छन्। ओइलिएका पात झर्न सक्छन्। एमाले जस्ताको तस्तै सतिसाल बनेर उभिन्छ।

वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्ने छ। अर्को चुनाव मैले केही भनिरहनुपर्दैन। हामी चुनाव पर्खिरहेका छौँ।

अस्ति रंगेलीमा गएँ, मेयर उपमेयर वडा अध्यक्ष समेत माओवादीबाट जित्नुभएको थियो, अहिले एमालेमा आउनुभएको छ। किनभने त्यो पार्टीले गलत काम गर्‍यो। देशका लागि काम गरेन। बेइमानी गर्‍यो जनतासँग। त्यसले जनता छक्यायो, ढाँट्यो। कहिले जनयुद्ध भन्यो, युवाहरुको जोश उमाल्यो। सपना देखायो। यस्तो र उस्तो हुन्छ भन्यो। बलिदानको भावना जगायो। युवाहरु बलिदानका लागि तयार भए। त्यसबाट दुनो सोझ्यायो। आज प्रकाश सपुतले भनेजस्तो केही टाढाबाठाका लागि मात्रै त्यसको फाइदा, त्यसको फाइदा लिएका छन् केही टाठाबाठा। टाठाबाठाका नातेदारहरुले। टाठाबाठाहरुका आफन्तहरुले त्यसको फाइदा लिएका छन्। लडाकुहरुले, योद्धाहरुले, कार्यकर्ताहरुले, इमानदारपूर्वक देशका लागि बलिदान दिन तत्पर हुनेहरुले केही पनि पाएनन्। बलिदान भए, अंगभंग भए, परिवार बेहाल भए, तर हेर्ने कोही पनि छैन। हिजो सँगै हिँडेका कामरेडहरुलाई, आज गएर भेट्नुस् त। चिन्दैनन्। आँगनभित्र पस्न दिँदैनन्। किनभने तिनको स्टाटस सानो छ। ती कमजोर मान्छे हुन्।

म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु, र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निष्पक्ष भएर काम गर्नुपर्छ। अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा रङ कुन दिने भन्दा, रुखको रङ सबैलाई दिने रे। रुख पनि हरियो पार्ने र सूर्य पनि हरियो पारेर चुनाव चिह्न। कस्तो अचम्मको निर्वाचन आयोग देखापर्‍यो। कांग्रेसको रुख हरियो पार्नका लागि हरियो रङ चाहियो, कांग्रेसको रुख निलो पार्नका लागि निलो रङ चाहियो निर्वाचन आयोगलाई। दलहरुसँग निर्वाचन आयोगले किन परामर्श गरेन? एक्लै किन मनपरी ढंगले कांग्रेसको अनुकूल हुने गरी, अनि सूर्य हरियो हुन्छ कहीँ? अनि सूर्यलाई हरियो बनाउने। रुखलाई पनि हरियो, सूर्यलाई पनि हरियो। निर्वाचन आयोगले यस्तो खालको काम गरेको छ। सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपल्ट वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो। दुई दिन किन चाहियो। पाँच दलीय गठबन्धनमा खटपट गरेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ। भोलिपल्ट पनि राखिदियो। पहिले पहिले तपाईंहरुलाई थाहा पाउनुभएको छ, सुन्नुभएको छ, देख्नुभएको छ दुई दिन मनोनयनका लागि दिएको? मनोनयन एकै दिन हुन्छ, जहाँ पनि। विश्वभरि मनोनयन एकै दिन हुन्छ। नेपालमा दुई दिन मनोनयन। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?

नेपालका ८ निन्दा
आइतबार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’मा अध्यक्ष माधवकुमार नेपालले जम्मा १० मिनेट भाषण गरे। अधिकांस समय उनले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको पार्टी एमालेको निन्दा गरेर बिताए। बुँदागत रुपमै उल्लेख गर्दा पनि उनको मुखबाट ८ वटा बुँदा निस्किए। उनको भाषण सुन्नेहरुलाई महसुस भएको हुनुपर्छ- नेपाल आगामी निर्वाचनमा आफू जितेको होइन, ओली हारेको हेर्न चाहन्छन्।

१ केपी ओली सुध्रिने लक्षण देखिएन। २०७७ फागुनमै त्यो लक्षण देखिएको थियो। 
२ केपी ओली दुस्साहसले संविधान विरोधी चरित्र प्रदर्शन भयो।
३ यो समूह (एमाले) सुध्रिने लक्षण छैन। 
४ केपी ओली यथास्थितिवादको बाहक हुन्। 
५ ओली प्रतिगामी चरित्रका नमूना हुन्। 
६ केपी ओली सबै ठाउँमा पराजित हुँदै गइरहेको छ। 
७ पराजित भएपनि पराजय नस्वीकार्ने गम्भीर अपराधि प्रवृत्तिले अधोगति भइरहेको छ। 
८ केही मान्छेलाई प्रवेश गराएँ भनेर आनन्द मान्ने कुरा बेग्लै हो, यथार्थमा ओलीप्रति वितृष्णा बढिरहेको छ। 

२०७७ सालको चैत ४ र ५ गते काठमाडौंमा विशाल भेलाको आयोजना गरेर एमालेबाट विद्रोहको बिगुल फुकेको एक वर्ष पूरा भएको छ। देशभरिका कार्यकर्ताले पार्टीलाई दक्षिण दिशामा लैजान खोजे, एकलौटी रुपमा लिन खोजे र विकृति विसगितमा अहालमा डुबाउन लागे यसबाट जोगाउनुपर्छ भने। हामीले एउटा मौका दिएका थियौं, सुध्रिन्छ कि भनेर। नसुध्रिने लक्षण २०७७ साल फागुन ८ गते र त्यसअघि २०७७ पुस ५ गते  दुस्साहसी, संविधानविरोधी र प्रजातन्‍त्रविरोधी चरित्र उजागर भइसकको थियो। एक वर्षको घटनाक्रमले के प्रष्ट पारेको छ भने त्यो समूह सुध्रिने लक्षण छैन। 

केपी ओली यथास्थितवादका प्रतिक हुन्। तिनी परिवर्तनका बहाक होइनन्, यथास्थितिका बाहक हुन्। प्रतिकगामी चरित्रका एउटा नमूना हुन्। केपी ओली सबै ठाउँमा पराजित हुँदै गइरहेको छ। तर, पराजित भएपनि पराजय स्वीकार नगर्ने गल्ती र गम्भीर अपराध गर्दा पनि स्वीकार नगर्ने प्रवृतिले पनि त्यो समूहको अधोगति बढिरहेको छ। केही समय केही जनालाई पार्टी प्रवेश गराएँ भनेर आनन्द लिने कुरा एउटा हो। धरातलमा त्यस्तो अवस्था छैन। धरातलमा ओलीप्रतिको वितृष्णा बढिरहेको छ। त्यो पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्न लहर चलिरहेको छ।

प्रचण्डलाई पनि ओलीकै पीर
नेकपा माओवादी केन्द्रले 'सम्मानजनक' अवस्था कायम राख्न गठबन्धन कसिलो बनाउनुपर्ने अवस्था छ। गएको संसदीय निर्वाचनमा एमाले र स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका लगायतमा कांग्रेससँग गठबन्धन गरेको थियो। कुनै समय सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र साख जोगाउन सक्रिय हुनुपर्नेछ। तर, प्रचण्डको चिन्ता भने ओली रुपान्तरण हुन नसकेकोमा छ। 

पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आइतबार पोखरा पुगेका प्रचण्डले ओलीलाई रुपान्तरण गर्न प्रयास गरे पनि असफल भएको बताए। आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको प्रचण्डले टिप्पणी गरे। 

उनको थियो, 'केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर हामीले एकता गर्‍यौं। सकिएन। हुदाहुँदा ओलीजी त कमल थापासंग चुनावी तालमेल गर्ने तयारी गर्दै हुनुहुन्छ रे।’ 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्