कैलाली– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका गोपाल हमाललाई विवेकशील साझा पार्टीले सघाउने भएको छ।
विवेकशील साझामै रहेका हमालले केही समयअघि आफू पार्टीबाट अलग भएको घोषणा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका थिए।
त्यसबेला उनी पार्टीको सुदूरपश्चिम संयोजक थिए। हमालले पार्टी छाडेपछि दिनेश भण्डारी विवेकशील साझाको सुदूरपश्चिम संयोजक चयन भएका छन्।
भण्डारीले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमाललाई सघाउने निर्णय पार्टीमा भएको बताए। मेयरमा हमाललाई सघाउने र उपमेयरमा भने पार्टीले उम्मेदवारी दिने उनले जानकारी दिए।
गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृप बहादुर वडसँग पराजित भएका थिए। पराजित भएलगत्तै हमाल विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूपश्चिम प्रदेश संयोजक चयन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।