काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनित गरिएको छ।
कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले विधानको धारा १३ (६) को झ बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन्।
यसरी मनोनित हुनेमा सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटका कल्पना नेपाली, धादिङका तिलक प्रसाद रुवाली, काठमाडौंका छिरिङ दोर्जे लामा रहेका छन्।
यस्तै, नुवाकोटका अर्जुन न्यौपाने, चितनवका कैलाश कोइराला, काठमाडौंका राजु खरेल, गौरी दवाडी, ललितपुरका रमेशकुमार बखती, राजेश महर्जन, काठमाडौंका हरिहर अधिकारी, भगवती कुमारी खड्का र दोलखाका प्रभुराम श्रेष्ठ पनि प्रदेश समितिमा मनोनित भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।