काठमाडौं- रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनमा रहेको सैन्य आधार शिविरमा दोस्रो हाइपरसोनिक मिसाइल प्रहार गरेको जनाएको छ।
युक्रेनको दक्षिणी क्षेत्रमा रहेको इन्धन डिपोलाई लक्षित गरेर आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको जनाएको हो।
‘किन्जल हाइपरसोनिक ब्यालिस्टिक मिसाइलले माइकोलाइभ नजिकै ठूलो इन्धन भण्डारलाई नष्ट गरेको छ। यो भण्डार युक्रेनी सेनाको लागि प्रयोग गरिन्छ,’ एक विज्ञप्तिमा भनिएको छ।
रुसले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेको यो दोस्रो पटक हो।
रुसी अधिकारीहरुका अनुसार किन्जल मिसाइलले दुई हजार किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सकिन्छ। यो मिसाइल प्रतिघण्टा ६ हजार किलोमिटरभन्दा बढीको गतिमा मार हान्न सक्छ।
रुसले यो मिसाइल अत्याधुनिक वायु रक्षा प्रणालीलाई चकित पार्न सक्ने र यसलाई खसाल्न सजिलो नभएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।