काठमाडौं– बंगलादेशमा जारी बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले इण्डोनेसियालाई हराउँदै सुखद् सुरुआत गरेको छ।
आइतबार सम्पन्न खेलमा नेपालले इण्डोनेसियामाथि ४७-१८ को अन्तरले जित निकाल्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको हो।
पहिलो हाफमा २५-७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७-१८ को स्कोर बनाउँदै फराकिलो जित निकाल्यो। खेलको म्यानअफ दी म्याच नेपालका प्रदीप मिजार बने।
समूह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार इराकसँग खेल्ने छ। यस्तै, मंगलबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा घरेलु टोली बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन्।
यता, समूह बी मा नेपालसहित, केन्या, इन्डोनेसिया र इराक छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।