सुर्खेत– नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ।
आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेश सभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा चैत ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो।
निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिनुका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आइतबार एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
प्रमुख सचेतक विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेश सभा सदस्यबाट राजीनामा बुझाएका थिए। नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेश सभा सभामुखसक्षम राजीनामा दिएका उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए।
विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।