काठमाडौं– जापानले आगामी पाँच वर्षभित्र भारतमा ५० खर्ब येन अर्थात् ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। जापानी प्रधानमन्त्री फुमिओ किसिदाले भारत भ्रमणका क्रममा सो लगानीको घोषणा गरेका हुन्।
शनिबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटघाटको क्रममा सो लगानी घोषणा भएको समाचारमा उल्लेख छ। किसिदाले पदभार सम्हालेयताको पहिलोपटक भारत भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा शनिबार किशिदा र मोदीबीच युक्रेनको संकट, हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा सुदृढ बनाउनेदेखि दुई देश बीचको आर्थिक सम्बन्ध सुधार्ने विषयमा छलफल भएको थियो।
सो दुई नेताबीच चीन र भारतको सीमा अवस्थालगायत विविध विषयमा छलफल भएको बताइएको छ। जापानले लामो समयदेखि भारतका विविध क्षेत्रमा लगानी गर्दै आएको छ।
सन् २०१४ मा तत्कालीन जापानी प्रधानमन्त्री सिञ्जो आबेले पनि भारत भ्रमणको क्रममा पाँच वर्षको अवधिमा ३५ खर्ब येन बराबरको लगानी गर्ने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।