काठमाडौं– दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ प्रदर्शन भएयता ३७ करोड भारतीय रुपैयाँ बराबरको कमाइ गरेको छ। १७ मार्चमा प्रदर्शनमा आएको उक्त फिल्मले दुई दिनमै यो रकम बराबरको आम्दानी गरेको हो।
गत वर्ष अक्टोबर २९ मा निधन भएका कलाकार राजकुमारको यो अन्तिम फिल्म हो। उनको निधन भएको पाँच महिनापछि प्रदर्शनमा आएको फिल्मप्रति दर्शकले उत्साह देखाएका छन्।
फिल्म प्रदर्शन भएको पहिलो दिनमै २७ करोड ५० लाख भारतीय रुपैयाँ बराबरको कमाइ गरेको थियो। दोस्रो दिनमा फिल्मले थप १० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।
फिल्मलाई चेतन कुमारले निर्देशन गरेका छन्। कन्नड भाषाको यो फिल्म थ्रिलर भाषामा रहेको छ। फिल्ममा राजकुमारसँगै प्रिया आनन्दको मुख्य अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।