काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक को उद्घाटन गर्दै मन्त्री गहतराजले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताए।
नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको वातावरण रहेको उल्लेख गर्दै मन्त्री गहतराजले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको बताए।
अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दाे माध्यमका रूपमा खेलकुदलाई हेर्ने गरे पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको उनको भनाइ थिए।
खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै उनले स्वस्थ्य, राष्ट्रिय पहिचानसँगै उत्पादनको क्षेत्रमा समेत खेलकुदको भूमिका महत्त्वपूर्ण रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।