काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
गत साताको अघिल्लो कारोबार दिन १९.७२ अंक घटेर २६३१.२५ विन्दुमा पुगेकोे नेप्से आजको सो सेसनमा २.८५ अंक बढेर २६३४.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १७ लाख ३८ हजार ९७० रुपैयाँ १९ पैसा बराबरको १ हजार ४८३ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।