काठमाडौं– सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्दै छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश कार्कीले आइतबार दिउँसो १ बजे बस्ने गरी आयोगको बैठक बोलाएका हुन्।
न्यायसेवाका कर्मचारीहरुको सरुवा बढुवालगायत विषयमा छलफल गर्न आयोगको बैठक बोलाइएको जनाइएको छ।
आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।