काठमाडौं– नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ।
शुक्रबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।