जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुवेर मृत्यु भएको छ। मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर प्रहरीले जनाएको छ।
पोखरीमा तीन युवक पौडी खेल्न गएको थिए। तीने जना पानीमा डुबेको र स्थानीयवासीले उद्धार गरेको जनइएको छ। उचारका लागि जैजाने क्रममा ठाकुरको मृत्यु भएको प्रहरीको भनाइ छ।
यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।