काठमाडौं– हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (आइतबार) दिउँसो देशभर पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशभर नै पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ। देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेगगर्जन/चट्याङसहित वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।