१. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खिम्ती पावर सवस्टेशनको उद्घाटन, बुढीगण्डकी र पश्चिम सेती आयोजना सरकारले अघि बढाउने दाबी, पीपीएको प्रक्रियामा पनि उचित निर्णय लिइने उल्लेख । (प्रधानमन्त्रीद्वारा खिम्ती पावर सवस्टेशनको उद्घाटन)
२. गठबन्धन दलले चुनावमा बेथिति गर्न सक्ने भन्दै कार्यकर्तालाई जबरजस्त तयार भएर खटिन एमाले अध्यक्ष ओलीको निर्देशन, स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने तर्क । (कार्यकर्तालाई ओलीको निर्देशन)
३. गठबन्धनको भर परेर ढुक्कसँग नसुत्न कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन, जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा पूरै तयारीका साथ होमिन जरुरी रहेको उल्लेख । (कार्यकर्तालाई प्रचण्डको निर्देशन)
४. रुसले युक्रेनविरुद्ध पहिलोपटक प्रयोग गर्यो हाइपरसोनिक मिसाइल, मारिओपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, ढिलो नगरी शान्तिवार्ता गर्न युक्रेनका राष्ट्रपति जेलेन्सकीको आह्वान । (रुसद्वारा पहिलोपटक हाइपरसोनिक मिसाइलको प्रयोग)
५. र, सहिद स्मारक 'बी' डिभिजन लिगमा चर्च ब्वाइजलाई हराउँदै श्री भगवती शीर्षमा, पहिलो हार बेहोरेको चर्च ब्वाइज ६ खेलमा ११ अंक जोड्दै तेस्रो स्थानमा । (श्री भगवती शीर्षमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।