काठमाडौं- प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा शनिबारदेखि हेटौँडामा सुरु भएको छ।
पहिलो दिन पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी र दोलखाका रोशन खत्री फाइनलमा प्रवेश गरेर महिला ५५ केजीमुनि सिन्धुपाल्चोककी अन्जली तामाङ र काठमाडौंकी रन्जिला रोकाले स्वर्ण भिडन्त पक्का गरे।
प्रतियोगितामा बाग्मती प्रदेशका विभिन्न १२ जिल्लाका १ सय ७० खेलाडी सहभागी छन्। ग्योरोगी र पुम्सेमा गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।