काठमाडौं- तीन रुसी अन्तरिक्ष यात्रीको टोलीले युक्रेनमा भएको आक्रमणको अनौठो तरिकाले विरोध गरेको छ। तीनै जना अन्तरिक्ष यात्री युक्रेनी झण्डाको रंग भएको पोसाक लगाएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए।
तीन रूसी अन्तरिक्ष यात्री पहेंलो र नीलो पहिरनमा थिए। युक्रेनको झण्डा पनि नीलो र पहेंलो छ। अन्तरिक्ष यात्रीहरूका लागि तोकिएको मानक नीलो वर्दीको सट्टा उनीहरुले यसलाई लगाएका थिए।
युक्रेनमा रुसको आक्रमणको विरोध गर्न उनले यो विधि अपनाएको मानिन्छ। गत महिना युक्रेनमा रुसी आक्रमणपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने अन्तरिक्ष यात्रीहरूको यो पहिलो टोली हो।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आउनेबित्तिकै यी अन्तरिक्ष यात्रीहरूलाई अमेरिकी र जर्मन दलले अँगालो हालेर स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।