नेपालगञ्ज– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको सम्भावना रहेको बताएका छन्।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जीतको सुनिश्चितता हेर्ने बताए।
निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ, त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने महतको भनाइ छ। प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरुको प्रस्तावलाई पनि हेरिने बताए।
अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसीसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो विफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।