काठमाडौं- भारतको पञ्जाब सरकारले शनिबार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा राज्यमा २५ हजारलाई रोजगारी दिने निर्णयलाई अनुमोदन गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार राज्य सरकारले पञ्जाब प्रहरीमा १० हजारलाई नयाँ भर्ती गर्ने छ भने अन्य सरकारी विभागहरूमा १५ हजारलाई जागिर दिनेछ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पहिलो मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरेका हुन्।
उनले राज्यमा बेरोजगारीको अवस्था सिर्जना भएको बताए। त्यसैले यहाँका युवाहरु पलायन भइरहेका उनको तर्क थियो।
पञ्जाबमा चुनावी अभियानका क्रममा आम आदमी पार्टीले राज्यमा युवाहरूलाई ठूलो मात्रामा रोजगारी दिने वाचा गरेको थियो।
मानको मन्त्रिपरिषद्मा १० जना मन्त्री छन्। उनीहरु सबैले शनिबार नै सपथ लिएका छन्। तीन दिनअघि शहीद भगत सिंहको गाउँमा भगवन्त मानले मुख्यमन्त्रीको सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।