काठमाडौं- भारतस्थित पञ्जाबमा आम आदमी पार्टीले जीत हातपारेसँगै मन्त्रिपरिषद् विस्तार गरिएको छ।
मुख्यमन्त्री भगवन्त मान मन्त्रिमण्डलका १० मन्त्रीले शपथ लिएका छन्। शपथ ग्रहण समारोह चणडीगढस्थित राजभवनमा आयोजना गरिएको थियो।
समारोहमा भाग लिन मुख्यमन्त्री भगवन्त मानकी छोरी सीरत कौर मान र छोरा दिलशान मान पनि पुगेका थिए।
यस अवसरमा आम आदमी पार्टीका विधायक हरपाल सिंह चीमा, कुलदीप सिंह धालीवाल, डा बलजीत कौर, हरभजन सिंह, डा विजय सिंगला, लाल चंद, गुरमीत सिंह, लालजीत सिंह भुल्लर, ब्रह्म शंकर र हरजोत सिंह बैंसलाई राज्यपाल बनवारीलाल पुरोहितले शपथ दिलाएका हुन्। यस समारोहमा हरियाणाका राज्यपाल बंडारू दत्तात्रेय पनि उपस्थित थिए।
चुनावी नतिजामा पञ्जाबको ११७ विधानसभा सिट मध्ये आम आदमीले ९२ सीटमा जीत हात पारेको थियो। १६ मार्चमा भगवन्त मानले मुख्यमन्त्री पदको शपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।