• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन कति डरलाग्दो?

64x64
नेपाल लाइभ शनिबार, चैत ५, २०७८  १२:१३
1140x725

काठमाडौं- विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ। ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’देखा परेको वैज्ञानिकहरुको भनाइ छ। 

विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेदरल्याण्ड र डेनमार्कमा समेत नयाँ भेरियन्ट डेल्टाक्रोन फेला परेको पुष्टि गरेको छ।

डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो।  डब्ल्यूएचओले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड-१९ भेरिअन्ट पत्ता लगाएको घोषणा गरेको थियो। 

डेल्टा र ओमिक्रोन भेरियन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरियन्टलाई 'डेल्टाक्रोन' नाम दिइएको छ। डब्ल्यूएचओले यो भेरियन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म 'चिन्ताको भेरियन्ट' का रूपमा वर्गीकरण गरिएको छैन।

 डेल्टाक्रोनको संक्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ। यो भेरियन्टले अहिलेसम्म जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको लक्षण नदेखिएको भए पनि वैज्ञानिकहरू यो कत्तिको संक्रामक छ, यसमाथि खोपले काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्। डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो।

त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोना भाइरस बारे जानकारी आदानप्रदान गर्ने अनलाइन जीसेडमा उल्लेख गरिएको छ। हालैका दिनमा डेल्टाक्रोन यूके, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ।

हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुवरीसम्म संकलन गरेका कोभिडका २९,००० नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन संक्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो। अध्ययनकर्ताहरूले अहिलेका लागि यो नयाँ भेरियन्ट विरल भएको र यो डेल्टा र ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी संक्रामक भएको कुनै प्रमाण नभेटिएको बताएका छन्।

भेरियन्ट कसरी मिसियो?

nimb
nimb
Ncell 2
Ncell 2

बीबीसी अनुसार  ब्राजिलका भाइरसविज्ञ फिलिप नाभेकाले भाइरसका भेरियन्ट मिसिनु कुनै नयाँ वा अनपेक्षित कुरा नभएको बताए।  उनले भनेका छन् 'अन्य भेरियन्टहरू पनि केही पटक मिसिइसकेको हुनुपर्छ।' तर कोरोनाभाइरसका भेरियन्टहरू एकआपसमा ज्यादै फरक नभएको हुँदा यी मिसिएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ।

'भाइरसहरू निरन्तर परिवर्तित भइरहन्छन् र नयाँ भेरियन्ट देखिनु भनेको नराम्रै हुन्छ भन्ने होइन। हामीले अब यो नयाँ भेरियन्टले महामारीमा पार्ने असरका बारेमा अध्ययन गर्नुपर्छ।' गत केही महिनामा डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण एकदमै धेरै थियो। यो अवस्थामा कुनै व्यक्तिलाई दुवै भेरियन्टबाट संक्रमण हुनु नौलो होइन।

त्यस्तो अवस्थामा दुवै भेरियन्टले एकै पटक मानवकोषमा संक्रमण गर्छन् र परिणामस्वरूप त्यहाँ विकसित भएका भाइरसले दुवै भेरियन्टको गुण लिएका हुन सक्छन्।

वैज्ञानिकहरूले डेल्टाक्रोनमा ओमिक्रोनको स्पाईक र डेल्टाको कलेवर भएको बताएका छन्। तर वैज्ञानिकहरू दुई महत्त्वपूर्ण भेरियन्ट मिसिँदा बनेको भेरियन्टले अझ गम्भीर लक्षण देखाउने वा नदेखाउने एवम् अस्पताल भर्ना हुनुपर्ने अवस्था वा मृत्युको जोखिम बढाउने वा नबढाउने विषयमा स्पष्ट भइसकेका छैनन्।

त्यस्तै खोपले वा पहिला संक्रमण हुँदा विकसित प्रतिरोधी क्षमताले यसलाई रोक्छ या रोक्दैन भन्ने कुरामा पनि वैज्ञानिकहरू स्पष्ट हुन सकेका छैनन्।

अन्तर्राष्ट्रिय जनस्वास्थ्य निकायहरूले नयाँ भेरियन्टका विषयमा चिन्ता नलिन भनेका छन्। डब्ल्यूएचओ र अमेरिकाको सीडीसीले डेल्टाक्रोनलाई अहिलेसम्म 'चिन्ताको भेरियन्ट' भनी वर्गीकरण गरेका छैनन्।

डब्ल्यूएचओले यसलाई हाल 'निगरानीमा रहेको भेरियन्ट' मा राखेको छ।

मार्च ९ को पत्रकार सम्मेलनमा डब्ल्यूएचओकी कोभिड-१९ प्राविधिक प्रमुख मारिया भान केर्खोभले यो भेरियन्टका कारण रोगको गम्भीरता या संक्रमणका विषयमा कुनै परिवर्तन नदेखिएको बताएकी थिइन्।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्