• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

अचेल फेसबुकले सुनाउँछ मृत्युका खबर

नेपाल माइलो शनिबार, चैत ५, २०७८  १६:२९
1140x725

७ मार्च बिहान १० बजेतिर नेपालमा आमासँग कुरा गर्दै थिएँ। कुरैकुरामा पिताजीले मामा बित्नुभएको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘मामा बित्नुभयो रे! फेसबुकमा आइसक्यो रे त!’ 

मैले फेसबुक चलाउन जाँगर नगरेको २०–२२ महिना भैसकेको थियो। मृत्युका दुःखद खबरहरू जथाभावी पोस्ट हुन थालेपछि फेसबुकलाई बेवास्ता गर्न थालेको हुँ। त्यतिखेर मेरी घरकी हजुरआमा बितेको खबर फेसबुकले ‘ब्रेक’ गरेको थियो। म कुनै साथीको घरमा शुभकार्यमा थिएँ। तर, कोही नातेदारले औपचारिक सन्देश दिनुअघि नै फेसबुकको भित्तो नातिलाई हजुरआमा बितेको खवर दिँदै थियो। त्यो खबर गाउँको एक जना जुठो नलाग्ने भाइले पोस्ट गरेका थिए।

आज फेरि अर्को दुःखद खबर फेसबुकमै पोस्ट भएछ। एकछिन स्तब्ध हुँदै सम्झिएँ विगतलाई। दशैँमा म नेपाल जाँदा पिताजीसँगै गएको थिएँ बुढोमावली। हजुरबा बाहिर खाटमा सुताइनुभएको रहेछ। हजुरआमा साथमा तातो पानी, फलफूलको रस बेलाबेला मुखमा हाल्दिँदै निन्यारो चेहरामा हजुरबाका बिस्म्रित मुहार हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘बाबु! यो जिन्दगी के नै रहेछ र! छोरा–नाति जति पनि छन्, सबै हातखुट्टा लागेपछि कहाँ हो कहाँ पुग्ने रहेछन्। अन्तिममा जति चल्न नसके पनि बुडोलाई बुडी र बुडिलाई बुडो नै रहेछ नि साथी त!’

त्यति बेला मदनकृष्ण श्रेष्ठको ‘अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ भन्ने गीत मेरो कानको इयरबडमा बिस्तारै गुन्जिरहेको थियो।

केही बेर रनभुल्ल परेपछि ‘जेसुकै होस् फेसबुक हेर्ने साहस झिक्छु आज’ भन्ने लाग्यो र 'लग इन्' भएँ। जति ‘स्क्रोल डाउन’ गर्यो उति श्रद्धान्जलीका पोस्टहरू देख्दै गएँ। कसैले हजुरबालाई, कसैले गुरुका गुरुलाई, कसैले आफ्नै गुरुलाई, कसैले अभिभावकलाई, कसैले कांग्रेसका नेतालाई, कसैले स्थानीय समाजसेवी, कसैले गुरुपुरोहित, कसैले हेड्सरका बा, कसैले पूर्ववडाध्यक्षलाई दिएका श्रद्धान्जली र समवेदनाले फेसबुकको भित्तो भरिएको थियो। मैले चिनेकाहरूले पनि समवेदना सन्देश दिएर आफ्नो कर्तव्य पूरा गरिसकेका थिए भने नचिनेकाहरूले पनि।

तर, त्यो भित्तोमा हजुरआमाको न फेसबुक थियो, न त कुनै समवेदना नै। मनमनै लाग्यो, हजुरआमाको तर्फबाट फेसबुकमा समवेदना सन्देश नआए पनि हजुरबालाई स्वर्गको बाटो लाने बेला यति धेरै मान्छेले समवेदना दिएको त त्यो यमदूतले पनि पक्कै देख्ला नि त!

मैले अन्तिम पटक भेट्दा हजुरबाले इशारामा भन्नुहुन्थ्यो, ‘अब जीवनदेखी अघाइयो बाबु। यो समय मेरो लागि जसले जति गर्छ त्यो मात्रै हो मैले पाउने। यसपछिको कुनै पनि औपचारिक वा अनौपचारिक सम्बोधन न मैले अनुभूत गर्नेछु, न त मेरो त्यसमा कुनै हक रहनेछ।’ अफसोच! म हजुरबाको त्यो इशारा पनि नबुझेझैँ गरी फेरि क्यानडा फर्किएको थिएँ।

खैर, फेसबुकका भित्ताहरूमा समवेदनाका शब्दहरू पढ्दैगर्दा धेरैखाले अनुहारहरू त्यसमा प्रतिबिम्बित हुन्छन्। कोही त साच्चै शिक्षित लाग्ने पनि छन्। यति धेरै मान्छेहरूले फेसबुकमा समवेदना दिनु वा नदिनुसँग कहिले त मैले भेटेर एकपटक ‘हजुरबा! अन्तिम बिदा’ भन्न नसक्नुको कुनै अर्थ पो छ कि भनेझैँ लाग्छ। कतै फेसबुकको समवेदनामार्फत तिनले मलाई नै जिस्काउदै छैनन् भन्ने पनि लाग्छ। तर पनि माफ गरिदिनुस् हजुरबा! अन्तिम समय तपाईंसँग हुन त सकिनँ, सकिनँ, तपाईंको मृत्युको खबर पनि फेसबुकमा प्रचार गर्न कसैगरी सक्दिनँ।  

Ncell 2
Ncell 2
nimb
nimb

घटनाहरू अनेकौं हुन्छन्। अब त यस्तो लाग्दैछ, फेसबुकमा पोस्ट नभएसम्म कुनै पनि धार्मिक–सांस्कृतिक काम सम्पन्न भएको मानिन्न। एकजना कानुनकै अभ्यास गर्ने भाइले समेत हजुरबा बित्नुभयो भनी फेसबुकबाट श्रद्धान्जली दिएको देखें। मैले आफैँले आफैँलाई प्रश्न गरें– यदि त्यसो नगरेको भए हजुरबाप्रतिको उसको स्नेह सायद् कम भएको बुझिन्छ भन्ने पनि होला। या बुझी–नबुझी गरिएका रीतहरू गर्दै जानुपर्छ भन्ने उसलाई पनि लागेको छ। मृत्युको विज्ञापनबाट मानसिक चोट पुगेका ग्राहकहरू न्यायको फिराद गर्दै आफ्ना च्याम्बरमा नआएसम्म विद्वान वकिलहरूलाई पनि फेसबुकमा यसरी मृत्यु ओछ्याउन हुन्न भन्ने हेक्का होलाजस्तो छैन। 

धेरै राजनीतिक व्यक्तिहरूले आफू सहभागी कार्यक्रमहरूबारे दिएको जानकारीलाई प्रचारको भोकको रुपमा स्वीकार्न सकिएला, तर तिनले आफन्त भेटेका, न्वारन पास्नी गरेका, माइत वा मावल गएका, ‘बर्थ डे’मा सहभागी भएकादेखि मृत्युका समेत अनवरत ‘विज्ञापन’ फेसबुकबाट उत्तिकै बिस्कुन लगाउन नछोड्नु चेतनाको मात्रै कमी हो कि! कतै मानसिक रोग त हैन? 

एक जना राष्ट्रियस्तरका नेता श्रीमतीको जन्मदिन मनाएको र घरमा पूजा लगाएको फोटोहरू फेसबुकमा हाल्छन्। तर, तिनलाई लाइक कमेन्ट गर्नेहरू धेरै कमले मात्र सम्झिएका होलान्, निजी मामलालाई सार्वजानिक खपत गराउने ती नेताको पारिवारिक जीवन सोचेजस्तो सुन्दर हुँदो हो भने त्यसरी विज्ञापन गर्नै पर्दैन। ठूलाले जे गरे पनि स्वीकार्य हुने नेपाली समाजमा नेताहरूलाई ठूला मानिन्छ, र त समाजमा जताततै सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र आर्थिक विचलन देखिन्छ। 

कतिपय प्रविधि सौखिन मान्छेमा त यस्तो धारणा बन्न थालिसक्यो कि– फेसबुकबाटै अब अदालतले म्याद तामेल, समाह्वानको सूचना दिए हुन्छ। डाक्टरले बिरामीको रिपोर्ट हाल्दिए पनि हुन्छ।

Xtrem

Xtrem

त्यसो त, नेपाली समाज र हिन्दू विधिशास्त्रमा जुठो सुनाउने एउटा छुट्टै प्रचलन पनि छ। विधिशास्त्रीय मान्यता स्थापित भएका कतिपय व्यवस्थाहरूलाई आधुनिकता वा सूचनाप्रविधिको नाममा जथाभावी प्रसारण गरेर सूचित भएको कल्पना गर्न सकिन्छ? प्रविधिको विकास भयो भन्दैमा त्यसको जथाभावी प्रयोगले सकारात्मकभन्दा नकारात्मक असर बढी हुने भएर नै प्रविधि भित्रिनेबित्तिकै त्यसका चुनौतीहरूको समीक्षा गरेर सुदूर भविश्यमा समेत सदुपयोग हुने कानुन बनाउनुपर्छ। सामाजिक सन्जाल नियमनको लागि विधायिकीले छिट्टै ध्यान दिनुपर्ने आवश्यकता छ। पूर्ववर्ती सरकारका सूचनामन्त्री गोकुल बास्कोटाले यो विषय नियमन गर्न चालेको कदम सह्रानीय थियो, तर कुरा बंग्याउन जान्ने समाजमा त्यसलाई वाक स्वतन्त्रासँग जोडेर विकराल बनाइयो। सामाजिक सन्जाल नियमनको लागि छिट्टै कानून नबनाउने हो भने यसले जानी–नजानी मानसिक आतंक फैलाइरहन्छ। 

सामाजिक सन्जालको व्यापकताले कतिपयलाई सूचनाप्रविधिमा सबैभन्दा ठूलो प्रगति भएको भन्ने पनि लागेको होला। न कुनै नियम, न त कुनै कानुनको दायरा, निर्बाध र निर्बन्ध भावना सम्प्रेषणले स्वतन्त्रता भन्दा पनि मान्छेहरूको उन्माद बढाएको छ। फेसबुकले प्रयोगकर्ता र फेसबुकबीचको करारमा नै ‘प्रयोगकर्ता जवाफदेही हुनुपर्ने’ अनुबन्ध राखेरै आफू देवानी दायित्वबाट उम्किने प्रयास गरेको छ।

यद्यपि, युरोप र अमेरिकामा फेसबुक, ट्विटरलगायतका सन्जालले व्यक्तिगत गोपनियताको उल्लंघन, मानहानी, अभिघात, गालीबेइज्जती, सूचनाको दुरुपयोग, अपमान, दुस्क्रितिलगायतका देवानी प्रकृतिका आर्थिक मुद्दाहरूमा करोडौं रकम तिर्दै आएको छ। तर, जहाँ व्यक्तिका गोपनियताका हकसँगै राज्यले सामाजिक सन्जाललाई नियमन गर्ने कानुन बनाउन सकेको छैन, ती देशहरूमा यस्ता सन्जालले थुप्रै भ्रामक, आततायी, निर्लज्ज सूचना मात्र हैन, मृत्युका खवरहरू तस्बिरसहित कसैको अनुमतीबेगर जथाभावी छरेर बाँच्नेका मनमा अनगिन्ती चोट लगाएका घटना प्रसश्त छन्। पढेलेखेका भनिनेहरूबाटै निरन्तर यसरी मृतकको परिवारको अनुमती बेगर मृत्युका खबर पोस्टिएको देख्दा लाग्छ, शिक्षाले मात्र चेतनाको स्तर उकासिने हो भने यस्ता खबर र तस्बिरहरू उछिनपाछिन गर्दै पोस्ट गर्ने होडबाजी पक्कै हुने थिएन।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्