काठमाडौं– शुक्रबारबाट नेपालमा तीन फिल्म प्रदर्शनमा आएका छन्। गत हप्ता भारतमा प्रदर्शनमा आएको ‘द कश्मिर फाइल्स’, ‘बच्चन पाण्डे’ र नेपाली फिल्म ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आएका छन्।
गत शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘द कश्मिर फाइल्स’ आजबाट नेपालमा प्रदर्शनमा आएको छ। विवेक अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म पछिल्ला दिनहरुमा भारतमा निकै चर्चा पाइरहेको छ। फिल्ममा अभिनेता अनुपम खेर मुख्य भूमिकामा छन्। फिल्ममा कश्मिरी पण्डितहरुको विस्थापनको कथालाई प्रस्तुत गरिएको छ।
त्यस्तै, दिन्स पाल्पालीको निर्देशनमा बनेको नेपाली फिल्म ‘चिसो एस्ट्रे’ पनि आजबाट प्रदर्शनमा आएको छ। कवि भूपि शेरचनको सोही नामको कवितालाई आधार मानिएको फिल्ममा गाउँबाट शहर छिरेर परिवर्तन भोगेको युवकको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा दिव्य देव, सुशीलराज पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
शुक्रबारबाटै नेपालमा अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ पनि प्रदर्शनमा आएको छ। अक्षयसँग फिल्ममा कृति सेनन, ज्याकलिन फर्नान्डेज र असरद वार्सी मुख्य भूमिकामा छन्। फरहाद साम्जीको निर्देशनमा बनेको फिल्मलाई साजिद नाडिडावालाले निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।