• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुलुकी देवानी संहिता संशोधनको तयारी : सम्बन्धविच्छेदपछि विवाह गर्ने महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने 

64x64
नेपाल लाइभ शुक्रबार, चैत ४, २०७८  १२:०५
1140x725

काठमाडौं– २०७५ सालदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता संशोधनको तयारी थालिएको छ। संसोधनका लागि बनाइएको मस्यौदामा सम्बन्धविच्छेदपछि विवाह गर्ने महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत प्रस्ताव गरिएको छ।

कानुन आयोगले २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता २०७४ लाई केही व्यवस्था कार्यान्वयन गर्दै जाँदा संशोधन आवश्यक भएको भन्दै मस्यौदा तयार गरेको हो। आयोगका अध्यक्ष जागेश्वर सुवेदीका अनुसार ३२ वटा दफामा नयाँ थपदेखि संशोधनसम्मको मस्यौदा तयार पारिएको छ। मस्यौदामा सम्बन्धविच्छेद गरी अंश लिएर बसेकी महिलाले दोस्रो बिहे गरेमा पूर्वपति वा पूर्वपतिका अंशियारलाई सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

मुलुकी देवानी संहिताको दफा २३४ (क) मा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यस्था थप गर्न लागिएको हो। उक्त प्रस्तावित दफामा भनिएको छ, ‘कुनै विवाहित महिलाले अंशबण्डा हुने सगोलको सम्पत्ति लिई अर्को विवाह गरेमा त्यस्तो सम्पत्ति निजको पूर्वपति वा पूर्वपतिका अंशियारलाई फिर्ता गर्नुपर्ने छ।’ आयोगले तयार पारेको मस्यौदाअनुसार अंशबण्डा नहुँदै अर्को विवाह गरेमा त्यस्तो सम्पत्ति फिर्ता गरी संगोलको सम्पत्तिका अंशियार सम्पत्तिको हक स्थापित गर्न आवश्यक भएकाले यस्तो व्यवस्था गरिएको हो। यही व्यवस्थालाई प्रष्ट पार्न दफा १०३ मा पनि नयाँ थप गरिएको छ।

१०३ को (क) मा अंश फिर्ता पाउने शीर्षकमा भनिएको छ ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंश वापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपति तर्फका छोराछोरी भए त्यस्तो छोराछोरी र छोराछोरी नभएमा पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने छन्।’

यस्तो व्यवस्था गर्नुका कारणबारे मस्यौदामा भनिएको छ, ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले विवाह गरेमा नयाँ पतिबाट पनि अंश प्राप्त अधिकार स्थापित हुने हुँदा पूर्वपति तर्फका छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अशिंयारले सो सम्पत्ति फिर्ता पाउने व्यवस्था गराउनुपर्ने भएकाले...।’ 

देवानी संहिताको दफा १०३ मा सम्बन्धविच्छेदबारे उल्लेख गरिएको छ। दफा १०३मा भनिएको छ ‘अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउनेः सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोराछोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउने छ।’

थप गर्न लागिएको प्रावधानले पहिलेको पतिबाट लिएको अंशसहित लगत्तै अर्को विवाह गर्ने अनि सम्पत्ति पनि भोगचलन गर्ने परम्परा समाप्त हुने छ। 

धर्मपुत्र सम्बन्धी व्यवस्था
संहिताको मस्यौदामा लिखत सम्बन्धी र धर्मपुत्र सम्वन्धी व्यवस्थामा पनि संशोधनको प्रस्ताव गरिएको छ। त्यस्तै, आयोगले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने अवधिलाई आधाले घटाउने प्रस्ताव गरेको छ। अहिलेको प्रावधानअनुसार विवाह गरको १० वर्षसम्म पनि छोराछोरी नजन्मिए धर्मपुत्र वा धर्मपुत्री राख्न पाइने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रस्तावित व्यवस्थाअनुसार वैज्ञानिक परीक्षणका आधारमा सन्तान नहुने निश्चित भएमा पाँच वर्षपछि धर्मपुत्र वा धर्मपुत्री राख्न पाइने छ। तर, त्यसका लागि जायजन्म नहुने भनी विशेषज्ञ चिकित्सकले गरेको सिफारिसलाई मेडिकल बोर्डले अनुमोदन गर्नु पर्नेछ। दफा १७२मा नयाँ थप गरेर सन्तान नहुनेका लागि छोरा छोरीको प्राप्तिवाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नका लागि आवश्यक भएको भन्दै यस्तो व्यवस्था प्रस्ताव गरेको छ।  प्रस्तावित व्यवस्थामा उल्लेख गरिएको छ, ‘आधुनिक चिकित्सा विधिबाट परीक्षण गर्दा जायजन्म हुने सम्भावना नदेखिएको भनि सम्बन्धित विशेषज्ञ चिकित्सकले गरेको सिफारिस नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले अनुमोदन गरेमा विवाह भएको पाँच वर्ष पुगेपछि धर्मपुत्र वा धर्मपुत्री राख्न बाधा परेको मानिने छैन।’ 

अंशबण्डा र घरबहाल सम्झौतामा नयाँ व्यवस्था थप 
मस्यौदाको दफा २१६ मा नयाँ थप गर्दै अंशबण्डा गर्दा कुनै अंशियारबीच नातामा विवाद देखिए, त्यस्तो विवाद निरुपण गरेर मात्र अंशबण्डा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै दफा ४६४ को उपदफा १ (ज) लाई पनि संशोधनको प्रस्ताव गरिएको छ। उक्त दफामा लिखतहरु कार्यालयवाट पारित गराउनुपर्ने व्यवस्था छ। १० थरीका लिखतहलाई कार्यालयबट पारित गराउनुपर्ने सूचीमा राखिएको छ। 

उक्त सूचीमा रहेको (ज) नम्बरको एक लाख रुपैयाँभन्दा बढीको घर बहाल लिनु दिनु गरेको लिखतलाई पाँच लाखमा पुर्‍याएको छ। हालको अवस्थामा एक लाख रुपैयाँको घर बहाल सम्झौता सामान्य भएकाले पाँच लाखको व्यवस्था गरिएको उल्लेख छ।

अदालको फैसला कार्यान्वयनमा बाधा गरेमा जरिवाना र कैद 
अदालतको फैसला कार्यान्वयनमा अवरोध गरेमा पनि कैद र जरिवाना गर्ने गरी अदालतको अवहेलना मुद्दा लगाउने प्रस्ताव आयोगको मस्यौदामा छ। आयोगले मुलुकी संहिताको दफा २५२ को उपदफा १ र २ मा नयाँ थप र संशोधन गरेको छ। 

Xtrem

Xtrem

उक्त दफामा कसैले फैसला कार्यान्वयन गर्ने कार्यमा अवरोध गरे फैसला कार्यान्वयन गर्न खटिएका कर्मचारीहरूले त्यस्तो अवरोध गर्ने व्यक्तिका नाम र ठेगाना उल्लेख गरी प्रतिवेदन दिनुपर्ने भनिएको छ। त्यस्तै दफा २२५ को उपदफा २ मा संशोधन गर्दै फैसला कार्यान्वयन गर्ने कार्यमा अवरोध गर्ने व्यक्तिलाई अदालतले कानुन बमोजिम अवहेलनामा कारबाही चलाउन सक्ने भनिएको छ। यस्तो अवरोध गर्नेलाई एक हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको छ। 

बहुविवाहमा तानिने भएपछि दफा ४० मा थप व्यवस्था
मुलुकी संहिताको दफा ४०को उपदफा ५ को खण्ड १ को व्यवस्थाले बहुविवाहमा मुद्दा आर्र्कषित हुने भएको भन्दै आयोगले संशोधनको प्रस्ताव गरेको छ। उक्त दफामा कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि वेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्रमाण प्राप्त भएको बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्