काठमाडौं– ११ मार्चमा प्रदर्शनमा आएको फिल्म ‘द कश्मिर फाइल्स’ लगातार भारतीय बक्स अफिसमा रेकर्ड बनाइरहेको छ। फिल्ममा सबै तथ्यलाई राखेर निर्माण गर्नमा फिल्मका निर्देशक विवेक रञ्जन अग्निहोत्री र उनको टिमले निकै मिहेनत र घण्टौंको रिसर्च गरेको छ।
फिल्मका लेखक तथा अनुसन्धाता सौरभ एम. पाण्डे हुन्। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग उनले गरेको कुराकानीमा उनले फिल्ममा प्रस्तुत भएका तथ्यहरुको बारेमा बताएका छन्। उनका अनुसार फिल्ममा प्रस्तुत भएका तथ्यहरु सत्य भएको बताएका छन्। ‘डेढ दुई वर्षका बालबालिकाको आँखामा बन्दुक राखेर पड्काइएको, महिलालाई खुला सडकमा बलात्कार गरेको, नदीमा फ्याकिदिएको, घर छाडेर भाग्न बाध्य बनाएको कुराहरु अरुले भनेको सुनेको र पढेको थिएँ,’ उनी भन्छन्, ‘उनीहरुको मनमा डर भरिदिइएको थियो। डरका बीच उनीहरु कसरी जम्मु क्याम्पसम्म पुगेका थिए भन्ने अनुमान गर्न सकिन्छ। तर, त्यहाँ पनि उनीहरुलाई कसैले कुनै सहयोग गरेको थिएन।’
मान्छेले भनेका यी कुराहरु सन्दा आफ्नै आँखा सामुन्ने भएको जस्तो महसुस गरेको पाण्डेले बताएका छन्। आफूलाई यी कुराहरु बारे थाहा हुँदा निकै असह्य भएको उनले बताए। उनी भन्छन्, ‘अहिले फिल्म बनेको छ, तब मलाई निकै अनौठो महसुस भएको छ। लाग्छ सानो योगदान गरेको छु। सायद यी कुराहरुबारे सबैलाई थाहा होस, मान्छेले यी कुराहरु बुझुन् र यस्तो घटनाहरु कहिल्यै नहोस् भगवानसँग प्रार्थना छ यस्तो फेरि कहिल्यै नहोस्।’
पाण्डेले आफूले फिल्मको कहानी लेख्न बस्दा आफ्नो दृष्टिकोणमा भएको स्वर्गको अवधारणा नै परविर्तन भएको बताए। उनलाई यो बेला स्वर्ग पनि खराब हुने लागेको थियो। उनी भन्छन्, ‘बाल्यकालमा कश्मिर स्वर्ग हो भन्ने पढेको थिएँ। पछि थाहा भयो मेरो दृष्टिकोण नै पररिवर्तन भयो। यही यो स्वर्ग हो भने कसरी यो नर्क भन्दा खराब छ?’
आफूले फिल्म लेख्नुअघि अनुसन्धान गर्दा मान्छेले सुनाउने पिडा सुन्न पनि असहज भएको बताए। उनले भन्छन्, ‘त्यहाँ एउटा समाज सबैभन्दा शिक्षित वर्ग थियो। सबैसँग शान्तिले बस्ने समाज थियो। त्यही समाजलाई प्रताडित गरेर त्यहाँबाट भगाइयो। त्यत्ति बेला हामी चुप बसेका थियौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।