काठमाडौं– २०२१ को विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पोल्याण्डकी क्यारोलियना बेइलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छिन्।
बिहीबार बिहान अमेरिकाको पोर्टोरिकोमा सम्पन्न भएको ७०औं संस्करणको उपाधि बेइलावस्काले जितेकी हुन्। अमेरिकाकी श्री साइनी र कोटे डी आइभोरकी ओलिभिया एसबीच फाइनलमा उपाधिका लागि भएको प्रतिस्पर्धा भएको थियो। जसमा बेइलावस्काले उपाधि पाइन् भने साइनी फस्ट रनरअप र एस सेकेन्ट रनरअप भएकी छिन्।
महामारीका कारण सीमित संख्यामा प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा ४० जना सुन्दरीहरुले भाग लिएका थिए। विजेता बनेकी बेइलावस्कालाई २०२० की विजेता टोनीएन सिङले विश्व सुन्दरीको ताज पहिराइकी छिन्।
प्रतियोगितामा नेपालबाट मिस नेपाल उपाधि पाएकी नम्रता श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन्। उनको यात्रा अन्तिम १२ मा छनोट नहुँदै सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।