• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा भ्रष्टाचार मुद्दा : सुनुवाइ हुनै मुस्किल 

64x64
नेपाल लाइभ आइतबार, चैत ६, २०७८  १३:३०
1140x725

काठमाडौं– सर्वोच्च अदालतमा मंगलबार कायममुकायम (कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पूर्ण इजलासमा भ्रष्टाचारका २६ थान मुद्दा पेसीमा चढेका थिए।

तिनमा नेपाल विद्युत्त प्राधिकरणको ट्रान्सफर्मर घोटाला प्रकरण, विशाल बजारको सटर भाडामा भएको भ्रष्टाचार, सरकारी वन मासेर भ्रष्टाचार गरेकोदेखि सरकारी जग्गा व्यक्तिको बनाएकोसम्मका मुद्दा थिए। 

बिहान १० बजे गोलाप्रथाबाट पेसी तोकिँदा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा भ्रष्टाचारका मुद्दा परेका थिए। मंगलबारको यो पेसी अपवाद होइन, पछिल्ला केही हप्तायता भ्रष्टाचारका मुद्दा यसैगरी पेसीमा चढ्दै आएका छन्। मंगलबार कामु प्रधानन्यायाधीश कार्कीसहितको पूर्ण इजलासले एउटा मुद्दामा फैसला सुनायो भने २५ थान मुद्दा सुनुवाइ नै भएनन्। 

तीमध्ये पाँच थान मुद्दा पक्ष र विपक्षका कानुन व्यवासायीले निवेदन दिएर स्थगित गराएका थिए भने अन्य मुद्दा ‘हेर्न नभ्याउने’ हुँदै स्थगित भए। मंगलबार कार्कीसहितको पूर्ण इजलासले अखिलेशप्रसाद सिंहसमेतलाई विपक्षी बनाइएको मुद्दामा मात्र विशेष अदालतकै फैसला सदर गर्ने निर्णय सुनाएको थियो।

सर्वोच्च अदालतमा भ्रष्टाचारका ठूला, चर्चित र ठूलो विगो मागदाबी भएका मुद्दाहरु लामो समयदेखि विचाराधीन छन्। २०५० सालताका दर्ता भएका अकूत सम्पत्ति सम्वन्धी मुद्दा पनि सर्वोच्चमा विचाराधीन छन्। यी मुद्दामा पूर्वमन्त्री, पूर्वसचिवदेखि महत्त्वपूर्ण सरकारी निकायमा कार्यरत रहँदा भ्रष्टाचार गरेका तत्कालीन पदासीनहरुले अकूत सम्पत्ति आर्जन गरेको अभियोग लागेका मुद्दा पनि छन्। २०५९ पछि दर्ता भएका भ्रष्टाचारसम्बन्धी केही मुद्दामा फैसला भए पनि सोही समयका अधिकांश मुद्दा भने अहिलेसम्म विचाराधीन नै छन्। 

जस्तो कि, नेपाल आयल निगमका पूर्वप्रमुख युवराज शर्मा, पूर्वभन्सार प्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, पूर्वसचिव श्रीराम पन्त, पूर्वआईजीपी प्रदीपशमशेर जबरा, कर्मचारीहरु रामप्रसाद अर्याल र सुरेशकुमार रेग्मीलगायतका मुद्दा रोकिएको रोकियै छन्।

त्यसैगरी, नेपाल बैंक लिमिटेडका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापा, सहसचिव मुरारीबहादुर कार्की र भन्सार विभागका पूर्वमहानिर्देशक जनार्दन शर्मा, पूर्वएसपी अरुणकुमार सिंह, भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धका भ्रष्टाचार मुद्दामा पनि सुनुवाइ हुन सकेको छैन। अन्य तहका कर्मचारीका भष्टाचारका मुद्दा पनि विशेष अदालतबाट धमाधम सर्वोच्च पुगिरहेका छन्। 

यसबाहेक विभिन्न अपराधमा संलग्नताको आरोप लागेका गुन्डा नाइकेहरुको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि सर्वोच्चमै विचाराधीन छन्। पछिल्लो समय सशस्त्र प्रहरी बलका पूर्वपमुखहरुको अकूत सम्पत्तिसम्बन्धी मुद्दा पनि सर्वोच्चमा पुनरावेदन हुने क्रममा रहेका छन्। यी मुद्दाहरु थपिएसँगै सर्वोच्चमा भ्रष्टाचारका मुद्दा झन् धेरै हुने छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पालो नै नआउने ट्रान्सफर्मर घोटलाको मुद्दा 
सर्वोच्च अदालतमा विचाराधीन धेरै प्रतिवादी र ठूलो विगो मागदाबी भएको एउटा मुद्दा हो– ट्रान्सफर्मर घोटला प्रकरण। नेपाल विद्युत प्राधिकरणकै हुर्मत लिएको कमसल ट्रान्सफर्मर खरिद गरेर घोटाला भएको यो काण्ड २०७४ सालदेखि सर्वोच्च अदालतमा सुनुवाइको पालो पर्खिरहेको छ। 

मंगलबार गोलाप्रथाद्वारा पेसी तोकिँदा कामु प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा परेको यो मुद्दाले सुनुवाइको पालो नै पाएन। यो मुद्दा एकपछि अर्को इजलासमा पेसी चढ्ने तर सुनुवाइ नहुने क्रम विगत चार वर्षदेखि चलिरहेको छ। 

२०७४ कात्तिक २७ गते सर्वोच्चमा दर्ता भएको ट्रान्स्फर्मर घोटाला मुद्दामा अहिलेसम्म जम्मा एक पटक सुनुवाइ भएको छ। २०७४ फागुन ९ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको इजलासले यसमाथि सुनुवाइ गर्दै मुद्दाका पक्ष झिकाउने आदेश गरेको थियो। त्यो आदेशपछि यो मुद्दाले सुनुवाइको पालो नै पाएको छैन।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० फागुनमा विशेष अदालतमा ट्रान्स्फर्मर घोटालाको मुद्दा दायर गरेको थियो। अख्तियारले त्यसबेला दुई चरणमा  मुद्दा दायर गर्दा सुरुमा तत्कालीन कार्यकारी निर्देशक डा. जीवेन्द्र झा र तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर साहसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। दोस्रो चरणमा विदेशी एजेन्ट र प्राधिकरणका अन्य कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो। 

कमसल ट्रान्सर्फमर आयात गरेर राज्यलाई ५० करोड रुपैयाँ बराबर नोक्सान पुर्‍याएको दाबी गर्दै अख्तियारले सो रकम असुल हुुनुपर्ने माग गरेको थियो। प्राधिकरणका कर्मचारी र सप्लायर्स कम्पनीका गरी ६० जनाविरुद्ध २०७० भदौ ९ र २८ गते दायर थान मुद्दामा २०७३ चैत १७ गते फैसला सुनाउँदै विशेषले प्राधिकरणको उच्च नेतृत्व र विदेशीसहित २५ जनालाई दोषी ठहर गरेको थियो। उनीहरुबाट ४६ करोड रुपैयाँ असुल गर्नसमेत विशेष अदालतले आदेश दिएको थियो। 

नेपाल विद्युत् प्राधिकरणको चर्चित ट्रान्सफर्मर घोटाला काण्डमा प्राधिकरणका तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारी, ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जना प्रतिनिधि दोषी ठहर भएका थिए। 

गोविन्दराज जोशीदेखि लाउडा प्रकरणकसम्म 
सर्वोच्च अदालतमा विचाराधीन भ्रष्टाचारका मुद्दामध्ये निकै पुरानो मुद्दा हो, लाउडा प्रकरण। यो २१ वर्षदेखि अदालतमा घुमिरहेको छ। अहिलेसम्म यसको पेसी २०० न्यायाधीशको इजलासमा परिसकेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता गरेको लाउडा विमान भाडा सम्बन्धी भ्रष्टाचार मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ। यो मुद्दा तत्कालीन पुनरावेदन अदालतबाट विशेष अदालत हुँदै १३ माघ २०६४ मा सर्वोच्च आइपुगेको हो। 

लाउडा विमान प्रकरणमा अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौतलगायत १० जनाविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो। 

अर्को चर्चित मुद्दा हो, नेपाली कांग्रेसका नेता एवं पूर्वमनत्री गोविन्दराज जोशीको अकुत सम्पत्ति आर्जनसम्बन्धी। जोशीले जतिबेला मुद्दा खेपे, त्यहीताका मुद्दा दायर भएका खुमबहादुर खड्का (हाल दिवंगत), जयप्रकाशप्रसाद (जेपी) गुप्तालगायतले अभियोग ठहर भएर यसअघि नै सजायसमेत कटाइसकेका छन्। तर, जोशीको मुद्दा भने अहिलेसम्म टुंगिएको छैन। 

यो मुद्दा सर्वोच्चमा पेसी चढ्ने तर सुनुवाइ नहुने वा फाइल मगाउने आदेश हुँदै सर्दै आएको छ। 

जोशीको मुद्दा २०६९ सालदेखि सर्वोच्चमा विचाराधीन छ। विशेष अदालतबाट दोषी ठहर भएपछि जोशी त्यसविरुद्ध सर्वोच्च आएका थिए। विशेष अदालतले २०६९ साउन १० मा उनलाई भ्रष्टाचारी ठहर गर्दै बिगो र जरिवानासमेत ४ करोड ३२ लाख जरिबाना असुल्ने र डेढ वर्ष कैद सजाय गर्ने फैसला सुनाएको थियो। 

भ्रष्टाचारको अर्को चर्चित मुद्दा हो, विशाल बजारको। विशाल बजारको सटर भाडासम्बन्धी यो मुद्दा १७ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।  
विशाल बजारमा सञ्चालकहरुले नाममात्रको भाडा तिर्ने तर, उनीहरुले महंगो भाडा लिएर अरू व्यापारीलाई भाडामा दिई भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको आरोप–पत्रमा उल्लेख छ। विशाल बजार कम्पनीले भुइँतलाका लागि प्रतिवर्गफिट ६४ रुपैयाँ ७२ पैसामा भाडामा दिएको थियो। 

पहिलो तलामा प्रतिवर्गफिट ३६ रुपैयाँ, दोस्रोमा २६, तेस्रोमा २५ रुपैयाँ भाडा कायम गरिएको छ। त्यस्तै, मूल भवनको दक्षिणपट्टिको टहरामा ८० देखि १२४ रुपैयाँसम्म भाडामा लिएको भेटिएको अख्तियारको भनाइ छ। 

भ्रष्टाचार मुद्दामा किन ढिलाइ?
सर्वोच्च अदालतमा अहिले करिब ३० हजार हाराहारी मुद्दा छिनोफानो हुन बाँकी छन्। मुद्दाको संख्या क्रमशः बढ्दै गएकाले पनि धेरै मुद्दाले सुनुवाइको पालो नपाउने, त्यसमा भ्रष्टाचारका मुद्दा पनि पर्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी बताउँछन्। भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्ने छुट्टै इजलास नभएकाले पनि यी मुद्दाले लामो समयदेखि सुनुवाइको पालो नपाएको उनको बुझाइ छ।

भ्रष्टाचारका मुद्दा मात्र नभई अन्य नियमित मुद्दा, अन्तरिम आदेश भएका र अरु प्राथमिकता पाउने आदेश भएका मुद्दाहरुसमेत सुनुवाइ हुन कठिन भइरहेको रेग्मीले बताए। 

भ्रष्टाचार र करसम्बन्धी मुद्दामा बहस गर्दै आएका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीको अनुभवमा भ्रष्टाचारसम्बन्धी मुद्दाले पालो पाउनै कठिन छ। एउटै इजलासमा धेरै पेसी पर्ने र थोरै मुद्दामा मात्र सुनुवाइ गरेर फैसला हुने भएकाले यस्तो समस्या भएको उनको बुझाइ छ। 

सर्वोच्च अदालतका प्रवक्ता विमल पोखरेलले भ्रष्टाचारका मात्र नभई अन्य धेरै मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले स्वाभाविक रुपमा ढिलाई भइरहेको बताए। पुराना मुद्दाहरुलाई प्राथमिकता दिएर सुनुवाइ गर्दै छिटै फर्स्योट गराउने लक्ष्यका साथ मुद्दा फाँट र समग्र सर्वोच्च प्रशासनले काम गरिरहेको उनले बताए।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्