काठमाडौं– बलिउड अभिनेत्री आलिया भट्ट आज (मार्च १५) बाट २८ वर्ष पुगिन्। बलिउड कलाकार परिवारकी भए पनि आलिया आफ्नो अभिनयका कारण ‘स्टार किड’मा मात्रै सीमित छैनन्। उनको परिचयमा उनले आफ्नो करिअरमा दिएका फिल्महरुले ‘अब्बल अभिनेता’ पनि थपिदिएका छन्।
आलियाले १० वर्षको आफ्नो अभिनयको करिअरमा लिड रोलमा १५ वटा फिल्ममा अभिनय गरेकी छिन्। यीमध्ये उनका १० फिल्म सुपर हिट भएका छन्, तीन वटाले मध्यम व्यापार गरेका छन् भने २ वटा फिल्म फ्लप भएका छन्। उनका आठ फिल्मले सय करोडभन्दा धेरैको व्यापार गरेका छन् भने २ फिल्म दुई सय करोडभन्दा धेरै व्यापार गरेका छन्।
आलियाले सन् १९९९ मा पहिलो पटक फिल्ममा अभिनय गरेकी थिइन्। बाल कलाकारको रुपमा अभिनय गरेकी आलियाले २०१२ मा नायिकामा डेब्यु गरिन्। १८ वर्षको उमेरमा उनले ‘स्टुडेन्ट अफ द इयर’ फिल्ममा अभनय गरेकी थिइन्। ‘हाइवे’, ‘डियर जिन्दगी’, ‘राजी’, ‘गंगुवाई कठियाबाडी’लगायतका फिल्म आलिया मुख्य भूमिकामा रहेका निकै चर्चित फिल्महरु हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।