• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रकाश सपुतको ‘पिर’ : ‘रुमानी खुसी’मा झुमेका कांग्रेस–एमालेले बिर्सेका मुद्दा

शिरोमणि ढुंगाना सोमबार, फागुन ३०, २०७८  १८:५९
1140x725

प्रकाश सपुतको गीत ‘पिर’ अहिले चर्चामा छ। माओवादीको दशक लामो सशस्त्र विद्रोहमा लागेका लडाकुहरुको कथा बोकेको गीत हो यो।

भनिरहन पर्दैन, प्रकाश सपुत यो समयका सशक्त गायक हुन्। एउटा उम्दा गायक। आलोचनात्मक चेतसहितका गायक। अक्सर उनका शब्दहरुमा समाजको एउटा वर्ग प्रतिबिम्बित हुन्छ। फरक चेत हुन्छ। यथार्थ हुन्छ। सशक्त आवाज हुन्छ। उनी प्रश्न गर्छन्। प्रश्न गर्ने संस्कार मर्दै गरेको यो देशमा उनले गीतसंगीतमार्फत जुन प्रयास गरिरहेका छन्, त्यो बेजोड छ।

‘पिर’मा पनि उनले प्रश्नहरु उठाएका छन्। सवाल उठाएका छन्– व्यवस्था बदलिएको तर आमनागरिकको अवस्था नबदलिएको कथाको। नेताहरुमा देखिएको विचलनको। खासगरी दश वर्षे ‘जनयुद्ध’ गरेको माओवादीको नेतृत्वको विचलनको। र, सँगै युद्धमा होमिएका भूइँमान्छेहरुको जीवनकथा र दुःखको महासागरको।

हिजो ‘जनवादी’ गीत सुनाउँदै अन्याय, अत्याचार र गरिबीविरुद्ध गाउँगाउँमा विगुल फुकेर मर्न र मार्न आह्वान गरेको दल हो माओवादी। तिनले विद्रोह सुरु गर्दा प्रकाश सपुतका गीतहरु थिएनन्।

तर, ती ‘जनवादी गीत’का समर्थक थुप्रै थिए। तिनले जीवन शर्माका ‘सिमली छायाँमा बसी’, रामेश र रायनको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, खुसीराम पाख्रिनका ‘वीरहरुको रगतले’ जस्ता गीत बजाउँथे। तिनको आफ्नै पनि जनसांस्कृतिक संगठनहरु थिए।

चुनबाङ ओपेरामा माओवादीका सांस्कृतिक कार्यक्रमको भिडियो अझै पनि युट्युबमा उपलब्ध छ। तत्कालीन समयमा प्रचण्ड, बाबुरामलगायतले अग्रपंक्तिमा बसेर गीतहरु सुनेको देख्न सकिन्छ। मोहित श्रेष्ठको स्वरमा गीत घन्कन्छ– ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, कसले भन्छ योद्धाहरुको जित हुँदैन।’ 

माओवादीको ‘क्रान्ति’को चर्चा अलि पछि गरौंला। ‘जनवादी’ गीतको सन्दर्भमा माओवादीले आफूहरुलाई त्यसको समर्थकको रुपमा उभ्याएका थिए। कलेज पढ्दै गर्दा हामी जस्तै खुला समाज र नारायण गोपालका गीत मन पराउनेहरुलाई उनीहरु ‘सांस्कृतिक चेतना’ नभएको तप्का सम्झन्थे। 

समय बदलियो। प्रकाश सपुतको गीत र त्यसमा माओवादीकै संगठित संस्थाहरुबाट आएको प्रतिरोधले प्रष्ट पारिदियो, अब माओवादी ‘जनवादी’ गीतको समर्थक रहेन। समर्थक रहेन मात्र होइन, माओवादीहरुमा गीत सुन्नै नसक्ने अधैर्य बानीको विकास भइसकेछ। कम्तीमा नेतृत्वमा बस्ने र नेतृत्वको भक्तिमा लिप्त तप्कामा।

Ncell 2
Ncell 2
nimb
nimb

गीत सार्वजनिक भएपछि को खुसी छन्? निर्वाचनमा होमिएका अन्य दलका नेता तथा कार्यकर्ता। गीतसँगै कांग्रेस र एमाले समर्थकहरुमा एउटा रुमानी खुसी उर्लिएको देख्न सकिन्छ। देशको राजनीतिजस्तै दलगत आवद्धताकै आधारमा पक्ष वा विपक्षमा उभिने, सामाजिक सञ्जालमा माओवादीप्रतिको कटाक्ष भाव देख्न सकिन्छ। चुनावी सरगर्मीमा होमिएको देशमा माओवादीको विरोधमा एउटा सशक्त विषयबस्तु पाएका छन्, खासगरी इतर दलका कार्यकर्ताहरुले।

माओवादीको आलोचना स्वाभाविक हो। उनीहरुले प्रयोग गरेको हिंसात्मक विधिको सान्दर्भिकताको बारेमा नेपाली समाजमा लामो समय बहस रहिरहने छ। अहिंसा र सत्याग्रहका समर्थकहरुका लागि तर्कका लेपले त्यो हिंसाको ‘ग्लोरिफिकेसन’ उचित लाग्दैन।  

यहाँ चर्चा गरौं, गीतमा कांग्रेस र एमालेका कार्यकर्तामा देखिएको रुमानी खुसीको। एमाले र कांग्रेस कार्यकर्तामा गीतमा देखाइएको विषयवस्तुभन्दा ज्यादा माओवादीलाई खुइल्याउने मसला मिलेको आभाष पाउन सकिन्छ। 

तर, के कांग्रेस वा एमालेलाई सपुतको गीतले केही सन्देश दिएको छैन?

हिंसाको पाटोलाई छाड्ने हो भने हिजो माओवादी विद्रोहमा ज्यान आहुती दिन तयार भएर को होमिए? जवाफ एकदम सरल छः गरिब, दुःखी, हेपिएका, पाखा पारिएका र अन्यायमा परेका वर्ग तथा समुदाय। 

माओवादी नेतृत्वको उद्देश्य के थियो? माओवादी युद्धमै कसको सहयोग थियो? त्यो देशभित्र मात्र रचिएको ‘प्लट’ थियो वा अरु स्वार्थहरु पनि थिए? तिनलाई हतियार कसले उपलब्ध गरायो होला? यी यावत् प्रश्नहरुको जवाफ समयसँगै खुल्दै जाला। राजनीतिक विषयमा रुचि राख्नेहरुले यसमा शोध गर्दै जालान्। कतिपय प्रश्नहरु त अनुत्तरित नै रहलान्। 

तर, उत्तिकै सत्य के हो भने युद्धमा होमिएका अधिकांश लडाकु तथा कार्यकर्ताहरुले यस्ता गहिरा र सुसूचित राजनीतिक प्रश्नहरु सोधेर जनआन्दोलनमा लागेका थिएनन्। जबर्जस्ती लगिएका र केही अपवाद छाड्ने हो भने, माओवादी आन्दोलनमा ती होमिएका थिए, जसमा अन्यायको महसुस थियो। 

त्यो अन्याय वर्गको आधारमा थियो। त्यसमा जोडिएकाहरु गरिबीले थिलथिलो भएकाहरु थिए। त्यो अन्याय जातको आधारमा थियो, तिनलाई मान्छे हुन पनि दिइएको थिएन। त्यो अन्याय भूगोलको आधारमा थियो, ती काठमाडौंसँग हक माग्न सक्ने अवस्थामा थिएनन्। त्यो अन्याय लिंगको आधारमा थियो, जन्मपछिको कर्म तिनको हातमा थिएन। 

माओवादीले यी र यस्तै अन्यायमा परेकाहरुलाई भावनात्मक रुपमा युद्धमा आकर्षित गरेको थियो। यदाकदा सामाजिक सञ्जालमा भाइरल भइरहने डा बाबुराम भट्टराईको भिडियोमा पनि यसको छनकहरु पाइन्छ। 

२०४७ को जनआन्दोलनपश्चात बनेको सरकारहरुको जनतासँग टुटेको सम्पर्क र न्याय पाउने कुरामा आश्वस्त पार्न चुकेको पक्षलाई माओवादीले एक हदसम्म उपयोग गरेको थियो। 

सपुतको गीत सार्वजनिक भएसँगै एमाले र कांग्रेस कार्यकर्ताहरुकै कमेन्ट हेरिसकेपछि मनमा भाव उत्पन्न हुन्छ– क्रान्ति माओवादीले मात्र गरेको थियो? कांग्रेसले नै जे उद्देश्यले क्रान्तिहरु गरेको थियो, के ती उद्देश्यहरु पूरा भए? 

गीतमार्फत माओवादी ‘जनयुद्ध’को औचित्य तथा सत्ता र शक्तिमा पुगेका माओवादी नेताहरुको नैतिकतामा प्रश्नहरु अवश्य नै सोझिएका छन्। तर, प्रश्नहरु त्यहाँ टुंगिन्छन्? त्यहाँ टुंगिन मिल्छ? गीतको सन्दर्भमा माओवादी नेतृत्वको आलोचना गरिरहेका वा माओवादीतर्फ सोझिएका नैतिक प्रश्नहरुलाई धार लगाइरहेका कांग्रेस र एमालेकै नेता तथा कार्यकर्ताले स्वीकार गरेका छन्–  देशमा गरिबी छ। पूर्वलडाकुजस्ता राज्यमा पहुँच नभएकाहरुमाथि अन्याय छ। विभेद छ। सकसपूर्ण जीवन छ। कहालीलाग्दो वर्तमान छ। र, अनिश्चित भविष्य छ। विदेशमा नागरिक मरिरहेका छन्। 

आज पनि वर्गीय प्रश्न झनै पेचिलो भएको छ। शिक्षामा विभेद छ। स्वास्थ्यमा विभेद छ। सेवामा विभेद छ। अवसरमा विभेद छ। पाईला–पाईलामा विभेद छ।  र, प्रकाश सपुतले जुन असमानता, जुन अन्याय, जुन विभेद, जुन खाडल, जुन निराशा, भूइँमान्छेहरुका जीवनकथा र जुन दुःखका पहाडका कथाहरु उठाएका छन्, ती प्रश्नहरु हामीले माओवादीलाई मात्र सोधेर पुग्छ? ती दुःखहरु जनताका दुःख होइनन्? त्यो गीतको विषयवस्तुले कांग्रेस र एमालेका नेताहरु गम्भीर भएर सोच्न र तिनका लागि काम गर्न आह्वान गर्न सक्दैनन्? माओवादी नांगिएको रुमानी खुसीमा सयर गर्दैगर्दा गरिब र दुःखीका मुद्दा उठाउने दायित्व माओवादीको मात्र भन्ने भावमा कांग्रेस र एमाले प्रस्तुत हुन मिल्दैन। त्यो कथ्यले यो देश गरिबहरुका लागि विभेदकारी छ भन्ने सन्देश दिन्छ। 

अझै सरलसँग बुझौं, कांग्रेस तथा एमालेले पनि क्रान्तिका अभिभारा पूरा गरे त? हिंसालाई हेर्ने दृष्टिकोण र नीतिमा असमानताका बाबजुद २००७ सालदेखि कांग्रेसले गरेका क्रान्ति र जनतालाई दिइएका वचनहरु पूरा भएका छन्? यो सोच्ने बेला हो। 

प्रकाश सपुतले गीतमा प्रस्तुत गरेका पात्रहरुको न्यायका लागि आवाज उठाउने एउटा दलको रुपमा माओवादीको जति दायित्व हो, त्यो भन्दा ज्यादा तिनका लागि काम गर्ने, न्यायको महसुस दिलाउने दायित्व सरकारहरुको हो।

यस दिशामा हाम्रा सरकारहरु ती दायित्वबाट पन्छिएका छन्। कांग्रेसले वा एमालेले ‘देख्यौ, माओवादी बिग्रियो’ भन्दै गर्दा एउटा अव्यक्त अभिव्यक्ति अनुभूत गर्न सकिन्छ– ‘माओवादी बिग्रिए। अर्थात् कार्यशैलीका हिसाबले हामीजस्तै भए।’ त्यसमा तमाम विकृतिको साझेदार भएका कुरा आउँछन्। परिवर्तन र रुपान्तरणका मुद्दाहरु गौण हुन्छन्। 

सिंहदरबारमा प्रधानमन्त्रीहरु आउनै छाडेका छन्। त्यसैले बालुवाटारलाई नै शक्तिको बिम्ब मानौं। बालुवाटारलाई एउटा संस्था मानेर प्रधानमन्त्री को बन्छ भन्ने पाटोमा नगई कांग्रेस–एमालेका कार्यकर्ताले आफैंलाई सोधून्– आज बालुवाटारले गरिब, दुःखी, पछाडि पारिएका, अन्याय भोगिरहेकाहरुको आवाज सुन्छ? तिनलाई भेट्छ? तिनलाई देख्छ? तिनले आफ्नै अन्तरआत्मालाई सोधून्– तिनका नेता भूइँमान्छेका जीवनकथासँग साक्षात्कार गर्छन् कि गर्दैनन्? 

अनि, तिनले नै अवलोकन गरुन्, शक्तिशाली तप्काजस्तै उच्चपदका कर्मचारी, व्यापारी, ठेकेदार, एनआरएनएलगायत लाभ दिने सम्भावना भएका वर्गसँग कांग्रेस–एमालेका नेताहरुको पहुँच कति सजिलो र सहज छ? आज निराशा बोकेर भौतारिरहेको नागरिकले आफ्नो दुःख बिसाउने कुनै ठाउँ छ? हामीले न्याय दिने संस्थाहरु बनाउन सकेका छौं?

अवस्था गम्भीर भइसकेको छ। सरकारमा बसेर योजना बनाउनेहरुले आज बीपी कोइरालाले भनेको जस्तो गरिब किसानको फोटो राखेर तिनका लागि योजना बनाउने अवस्था छैन। 

विषयहरु छरपष्ट छन्। कतिपय तथ्यहरु छताछुल्ल छन्। जग्गा दलाल, ठेकेदार–व्यापारी, बिचौलियाको चोटाकोठामा योजना बनाउनेहरु आफैं पुग्ने गरेका छन्। तिनले शक्तिशाली वर्गको स्वार्थपूर्तिको वचन दिने गरेका छन्। तिनका लागि सपुतका गीतका पात्रहरु कुनै खास कन्सल्टेन्सीका अवसरहरुमा मात्रै उपयोगी हुन्छन्। त्यसैले यदाकदा कागजी रिपोर्ट र प्रस्तुतिका विषय बन्छन्। यो सबै दलको रोग हो। कांग्रेस, एमाले वा माओवादी लगायत सबैजसो दलका शक्तिशाली नेताहरुको खर्चको स्रोत खुल्ने अवस्था छैन। स्वाभाविक छ, तिनलाई घर उपहार दिने वा पैसा नै चन्दा दिने वा जिन्सी सहयोग उपलब्ध गराउनेहरुले प्रकाश सपुतको गीतमा प्रस्तुत भएका पात्रहरुको भाग खोसेका छन्। 

जग्गा दलाल, ठेकेदार–व्यापारी, बिचौलियाको चोटाकोठामा योजना बनाउनेहरु आफैं पुग्छन्। तिनले शक्तिशाली वर्गको स्वार्थपूर्तिको वचन दिन्छन्। तिनका लागि सपुतका गीतका पात्रहरू कुनै खास कन्सल्टेन्सीका अवसरहरुमा मात्रै उपयोगी हुन्छन्।

यो मनगढन्ते आरोपहरुको फिरादपत्र मात्र होइन। तत्कालीन नेकपाको विभाजनपश्चात नेताहरुले नै एकअर्कालाई लगाएका आरोप र कांग्रेस महाधिवेशन उद्घाटनको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको मर्मस्पर्शी अभिव्यक्तिहरु सुन्दा हुन्छ– हाम्रो राजनीति कति धेरै धमिलिएको छ भन्ने जान्न। 

कांग्रेसको उद्घाटन सत्रमा बोल्दै रामचन्द्र पौडेलले भनेका थिए, ‘आजको नेपालको राजनीति जुन किसिमले अगाडि बढिरहेको छ, आज नेपाल गतिहीन अवस्थामा छ, अवरुद्ध छ। पार्टीहरु अस्तव्यस्त अवस्थामा छन्। ...७० वर्ष संघर्ष गरेर बहुदलीय व्यवस्था पुनस्र्थापना गरेर नयाँ युग र परिवर्तनअनुसार अगाडि बढ्न सक्यौं कि सकेनौं? हाम्रा क्रियाकलाप त्यताउन्मुख भए कि भएनन्? छातीमा हात राखेर मूल्यांकन गर्ने बेला आएको छ।’ 

पैसा बाँड्न नसक्दा रामचन्द्र पौडेललाई कांग्रेस वृत्तमा मजाकको पात्र बनाउने गरेको पनि पाइन्छ। उनको यो भनाइलाई गम्भीरतासाथ लिने चेष्टा कति कांग्रेसीजनले गर्लान्? सहकारीमार्फत आफ्ना कार्यकर्तालाई भरपुर सहयोग गरिरहेको एमालेले असंगठित गरिबहरुको पक्षमा कत्तिको बोल्ला? समयले नै देखाउँदै जानेछ। 

माओवादीको अहिलेको नेतृत्व त आफैं क्षयीकरण भोगिरहेको छ। अध्यक्ष प्रचण्ड स्वयं ‘मलाई माओवादी भंग गरौंजस्तो लाग्छ’ भन्दै बर्बराइरहेका छन्। ‘जनयुद्ध’ र त्यसका यावत गतिविधिहरुमा उनी जवाफदेही हुनैपर्ने बग्रेल्ती विषयहरु छँदैछन्। त्योभन्दा डरलाग्दो चाहिँ गरिबी र गरिबहरुका जीवनकथा माओवादीको मात्र दायित्व होइन भन्ने अप्रत्यक्ष कथ्य हो। कांग्रेस र एमालेको बुझाई हो। राज्य त्यो दायित्वबाट भाग्न मिल्दैन।

निराशामा चाँदीको घेरा भनेझैं सकारात्मक पाटो यो हो कि, प्रकाश सपुतले प्रश्नहरु उठाइदिएका छन्। सवाल उठाइदिएका छन्। आशा गरौं, यस्तै सवाल भोलि अरु दलका नेताहरुको सन्दर्भमा पनि उठ्ने छ। नीति–निर्माताहरुको हकमा उठ्ने छ। योजना बनाउनेहरुका हकमा उठ्नेछ। सार्वजनिक जिम्मेवारी लिएका सबैको हकमा उठ्ने छ। लोकतन्त्रका सुन्दर पक्ष यही हो कि यसले प्रश्न गर्ने हक सुनिश्चित गरेको छ। यिनै सवाल गर्ने संस्कारले हाम्रो लोकतन्त्र बलियो बनाउँदै जानेछ। 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्