• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५७ वर्ष लागे आमिर खान : गृहस्थीमा असफल, तर करिअरमा सफल अभिनेताका ४ किस्सा 

64x64
नेपाल लाइभ सोमबार, फागुन ३०, २०७८  १८:२६
1140x725

मुम्बई- बलिउड सुपरस्टार आमिर खानले सोमबार ५७औं जन्मदिन मनाइरहेका छन्। 'मिस्टर पर्फेक्सनिस्ट'ले बलिउडमा बाल कलाकारका रुपमा फिल्मी यात्रा सुरु गरेका हुन्। उनले पहिलो पटक सन् १९७३ मा फिल्म 'यादोंकी बारात'मा अभिनय गरेका थिए। 

बाल कलाकारको रुपमा अभिनयको दुनियाँमा भित्रिएका आमिर बलिउडकै सुपरस्टार बन्छन् भन्ने धेरैको कल्पनामा समेत नहुँदो हो। आमिरले मसालेदार फिल्म हुँदै पछिल्लो समय फरक खालका फिल्मबाट अलग पहिचान स्थापित गरेका छन्। 

उनी अभिनयमा नयाँपन दिन माहिर मानिन्छन्। बलिउडका तीन खानमध्ये शाहरुख र सलमानभन्दा उनको कामलाई गम्भीर रुपमा हेरिन्छ। 

विशेष तयारीका साथ फिल्म ल्याउने उनले व्यावसायिकतालाई जति जोड दिन्छन्, सामाजिक मुद्दामा पनि उत्तिकै सचेत र जिम्मेवार रहने गरेका छन्। केही वर्षअघि उनले प्रस्तुत गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' निकै चर्चामा आएको थियो। 

कार्यक्रममार्फत् भारतका विविध सामाजिक पाटो खोतलेर राज्यको नीति निर्माण तहलाई झकझक्याउँदै उनले नागरिक तहबाट स्याबासी पाएका थिए।  

आमिर अभिनीत फिल्म 'गजनी' (२००८) भारतकै पहिलो फिल्म हो, जसले बक्स अफिसमा १ सय करोड व्यापारको कीर्तिमान बनाएको थियो। भारतीय बक्सअफिस कलेक्सन भात्र नभई अन्तर्राष्ट्रिय रुपमा एक सय करोडभन्दा बढी कमाउने उनका धेरै फिल्म छन्। 

आमिरको जीवनलाई पछाडि फर्केर हेर्ने हो भने उनी परिवारिक रुपमा फिल्मी परिवेशमै हुर्किए। उनका पिता फिल्म निर्माता थिए भने काका निर्देशक। पारिवारिक पृष्ठभूमिलाई नै अनुभव बनाएर अघि बढेका उनले जीवनमा खासै असफलता भोग्नु परेन।

आमिरले बलिउड फिल्महरुमध्ये सबैभन्दा महँगो पहिलो फिल्म 'धुम ३' (२०१३)मा समेत काम गरे, जसको बजेट थियो १७५ करोड भारु। यस्तै, उनी अभिनीत 'पिके' (२०१४)ले बलिउड उद्योगकै सर्वाधिक ३ सय करोडको व्यापार गरेको थियो। 

Ncell 2
Ncell 2

आमिर एक समय स्क्रिप्ट नै नहेरी फिल्ममा अभिनय गर्न राजी भएका थिए। बलिउडका हस्ती देव आनन्दद्वारा निर्देशित फिल्म 'अब्बल नम्बर'मा पनि उनले त्यसरी काम गरेका थिए।

स्वास्थ्यमा विशेष ध्यान
बलिउड फिल्म उद्योगका अर्का 'फिट एन्ड फाइन' अभिनेता हुन्,  आमिर। त्यसैले ५७ वर्षको उमेरमा पनि उनी उत्तिकै आकर्षक छन्। त्यसैले उनी आफूभन्दा झण्डै आधा उमेर ३० वर्षकी फातिमा सना शेखसँग डेट गरिरहेका छन्। 

बलिउडमा 'मिस्टर पर्फेक्सनिस्ट'का नामले चिनिएका उनको दिनचर्या र अनुशासन पनि उस्तै 'पर्फेक्ट' छ। 'हेल्दी डाइट, एक्सरसाइज र त्यसपछि आराम'लाई उनले गुरुमन्त्र बनाएका छन्। 

हेल्दी डाइटका लागि आमिर खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको उचित मात्रा मिलाउँछन्। आवश्यक परेछ भने डाइटिङ गरे पनि हुन्छ भन्ने उनको मान्यता छ। तर, डाइटिङ गर्ने बहानामा भोकै बस्नु अथवा कम खानु चाहिँ हुँदैन भन्नेमा प्रष्ट देखिन्छन्। खानामा कार्बोहाइड्रेड, फ्याट र प्रोटिनको मात्रा मिलाएर घटाएर डाइटिङ गर्न उनी अरूलाई पनि सुझाव दिन्छन्।

शरीरलाई स्वस्थ राख्न प्रशस्तै पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ। हरेक दिन उनी ४ देखि ६ लिटर पानी खान्छन्। साथै, फलफूल, ब्राउन ब्रेड र दूध पनि नियमित खान्छन्। 

आमिर वाकिङ, जगिङ र स्विमिङ नियमित गर्छन्। जिममा पनि उनी असाध्यै लगनशील हुन्छन्। व्यायाम गर्दा उनी विशेषगरी पुस अप्समा जोड दिन्छन्। बिहान उठेर टेनिस खेल्छन्। उनलाई दिनहुँ ८ घन्टा नसुती चित्तै बुझ्दैन। शरीरलई आराम पुगेन र थकान महसुस भयो भने कुनै पनि काम राम्रोसँग गर्न सकिँदैन भन्ने उनको सोचाइ छ।

वर्कआउट र जिममा बढी मेहनत गरेर उनले एट प्याक एब्स बनाएका छन्। यसअघि फिल्म 'गजनी'मा पनि उनले भव्य ज्यान बनाएका थिए।

गृहस्थीमा असफल
व्यवसायिक जीवनमा उनलाई एकपछि अर्को सफलता हासिल भइरहेको छ। तर, गृहस्थीमा भने असफल सावित भएका छन्। हालैका दिनमा उनको दोस्रो विवाह पनि डिभोर्समा पुगेर टुंगिएको छ। उनको श्रीमति किरण रावसँग डिभोर्स भएको थियो। उनीहरुले १५ वर्ष एक साथ बिताएका थिए। 

आमिर र किरण रावको भेट फिल्म 'लगान'को सेटमा भएको थियो। किरण फिल्मको असिस्टेन्ट डाइयरेक्टर थिइन्। २८ डिसेम्बर २००५ मा दुवै विवाह बन्धनमा बाँधिएका थिए। दुवैको एक छोरा छन् जसको नाम आजाद हो। 
किरण राव आमिरको दोस्रो विवाह थियो। रीना दत्ता उनकी पहिली पत्नी थिइन्। विवाहको १६ वर्षपछि सन् २००२मा उनीहरुबीच डिभोर्स भएको थियो। रीना दत्ता र आमिरका एक छोरी इरा र छोरा जुनैद छन्।

आमिरका चार किस्सा
१) 'दंगल'का लागि लिएका थिए २१ हजार युवतीको अडिसन
आमिर ले फिल्म 'दंगल'का लागि २१ हजारभन्दा बढी युवतीको अडिसन लिएको चर्चा भइरहन्छ। 

फिल्ममा पहिल्यै  काम गरिसकेका कसैलाई नलिने उनको चाहना थियो। त्यसैले उनले धेरैभन्दा धेरै युवतीको अडिसन लिएका थिए। अन्तिममा फातिम सना शेख र सान्या मल्होत्रालाई लिएका थिए। फातिमा अहिले उनको डिभोर्सी जीवनकी सहयात्री छिन्।

२) फिल्मको स्क्रिप्ट जस्तै जब मनिषा कोइरालासँग बोलेनन्
आमिरले मनिषा कोइरालासँग 'अकेले हम अकेल तुम'को सुटिङ गरिरहेका थिए। उक्त समयमा अजीवले प्रस्तुत भइरहेका थिए। उनी मनिषासँग कुरा गर्नबाट तर्किरहेका थिए। सकेसम्म टाढिन्थे। यसबाट हैरान भएर मनिषाले आमिरसँग सोधिन्, 'तिमी मसँग किन कुरा गर्दैनौं?' त्यतिबेला आमिरको जवाफ थियो- स्क्रिप्टअनुसार म तिमीसँग कुरा गर्न पाउँदिन। त्यसैले म कुरा गर्नबाट भागिरहेको छु। स्क्रिप्टमा मनिषा र आमिर एकअर्कासँग कुरा नगर्ने लेखिएको थियो। विस्तारै आमिर कुरा गर्न तयार भएका थिए। 

३) थ्रि इडियट्समा यथार्थ देखाउन आमिर पिए मदिरा
फिल्म 'थ्री इडियट्स'को एक दृष्यमा आमिर, शरमन जोशी र आर. माधवन असली  जँड्याहा जस्तो देखिनुपर्ने थियो। त्यसपछि आमिरले निर्देशक राजकुमार हिरानीलाई भने- दृष्य दुरुस्त बनाउन हामी अलिअलि मदिरा पिउँछौं। अलिअलि भनेका उनीहरुले निकै धेरै मदिरा पिएका थिए। 

४) दौड छाडेर भागेका आमिर
स्कुलमा पढ्दै थिए आमिर। त्यो बेला उनी दौड प्रतियोगितामा सहभागी भए।  उनको उमेर तीन वर्षभन्दा केही अधिक थियो। आमिरका परिवार दौड हेर्न आएका थिए। जब प्रतियोगिता सुरु भयो, परिवारका सदस्यले हौसला बढाउन भने- कम अन आमिर।  आमिर दौड छाडेर परिवारका सदस्य भएको तिर आए। उनलाई लाग्यो- उनलाई बोलाइयो।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्