• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५७ वर्ष लागे आमिर खान : गृहस्थीमा असफल, तर करिअरमा सफल अभिनेताका ४ किस्सा 

64x64
नेपाल लाइभ सोमबार, फागुन ३०, २०७८  १८:२६
1140x725

मुम्बई- बलिउड सुपरस्टार आमिर खानले सोमबार ५७औं जन्मदिन मनाइरहेका छन्। 'मिस्टर पर्फेक्सनिस्ट'ले बलिउडमा बाल कलाकारका रुपमा फिल्मी यात्रा सुरु गरेका हुन्। उनले पहिलो पटक सन् १९७३ मा फिल्म 'यादोंकी बारात'मा अभिनय गरेका थिए। 

बाल कलाकारको रुपमा अभिनयको दुनियाँमा भित्रिएका आमिर बलिउडकै सुपरस्टार बन्छन् भन्ने धेरैको कल्पनामा समेत नहुँदो हो। आमिरले मसालेदार फिल्म हुँदै पछिल्लो समय फरक खालका फिल्मबाट अलग पहिचान स्थापित गरेका छन्। 

उनी अभिनयमा नयाँपन दिन माहिर मानिन्छन्। बलिउडका तीन खानमध्ये शाहरुख र सलमानभन्दा उनको कामलाई गम्भीर रुपमा हेरिन्छ। 

विशेष तयारीका साथ फिल्म ल्याउने उनले व्यावसायिकतालाई जति जोड दिन्छन्, सामाजिक मुद्दामा पनि उत्तिकै सचेत र जिम्मेवार रहने गरेका छन्। केही वर्षअघि उनले प्रस्तुत गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' निकै चर्चामा आएको थियो। 

कार्यक्रममार्फत् भारतका विविध सामाजिक पाटो खोतलेर राज्यको नीति निर्माण तहलाई झकझक्याउँदै उनले नागरिक तहबाट स्याबासी पाएका थिए।  

आमिर अभिनीत फिल्म 'गजनी' (२००८) भारतकै पहिलो फिल्म हो, जसले बक्स अफिसमा १ सय करोड व्यापारको कीर्तिमान बनाएको थियो। भारतीय बक्सअफिस कलेक्सन भात्र नभई अन्तर्राष्ट्रिय रुपमा एक सय करोडभन्दा बढी कमाउने उनका धेरै फिल्म छन्। 

आमिरको जीवनलाई पछाडि फर्केर हेर्ने हो भने उनी परिवारिक रुपमा फिल्मी परिवेशमै हुर्किए। उनका पिता फिल्म निर्माता थिए भने काका निर्देशक। पारिवारिक पृष्ठभूमिलाई नै अनुभव बनाएर अघि बढेका उनले जीवनमा खासै असफलता भोग्नु परेन।

आमिरले बलिउड फिल्महरुमध्ये सबैभन्दा महँगो पहिलो फिल्म 'धुम ३' (२०१३)मा समेत काम गरे, जसको बजेट थियो १७५ करोड भारु। यस्तै, उनी अभिनीत 'पिके' (२०१४)ले बलिउड उद्योगकै सर्वाधिक ३ सय करोडको व्यापार गरेको थियो। 

nimb
nimb

आमिर एक समय स्क्रिप्ट नै नहेरी फिल्ममा अभिनय गर्न राजी भएका थिए। बलिउडका हस्ती देव आनन्दद्वारा निर्देशित फिल्म 'अब्बल नम्बर'मा पनि उनले त्यसरी काम गरेका थिए।

स्वास्थ्यमा विशेष ध्यान
बलिउड फिल्म उद्योगका अर्का 'फिट एन्ड फाइन' अभिनेता हुन्,  आमिर। त्यसैले ५७ वर्षको उमेरमा पनि उनी उत्तिकै आकर्षक छन्। त्यसैले उनी आफूभन्दा झण्डै आधा उमेर ३० वर्षकी फातिमा सना शेखसँग डेट गरिरहेका छन्। 

बलिउडमा 'मिस्टर पर्फेक्सनिस्ट'का नामले चिनिएका उनको दिनचर्या र अनुशासन पनि उस्तै 'पर्फेक्ट' छ। 'हेल्दी डाइट, एक्सरसाइज र त्यसपछि आराम'लाई उनले गुरुमन्त्र बनाएका छन्। 

हेल्दी डाइटका लागि आमिर खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको उचित मात्रा मिलाउँछन्। आवश्यक परेछ भने डाइटिङ गरे पनि हुन्छ भन्ने उनको मान्यता छ। तर, डाइटिङ गर्ने बहानामा भोकै बस्नु अथवा कम खानु चाहिँ हुँदैन भन्नेमा प्रष्ट देखिन्छन्। खानामा कार्बोहाइड्रेड, फ्याट र प्रोटिनको मात्रा मिलाएर घटाएर डाइटिङ गर्न उनी अरूलाई पनि सुझाव दिन्छन्।

शरीरलाई स्वस्थ राख्न प्रशस्तै पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ। हरेक दिन उनी ४ देखि ६ लिटर पानी खान्छन्। साथै, फलफूल, ब्राउन ब्रेड र दूध पनि नियमित खान्छन्। 

आमिर वाकिङ, जगिङ र स्विमिङ नियमित गर्छन्। जिममा पनि उनी असाध्यै लगनशील हुन्छन्। व्यायाम गर्दा उनी विशेषगरी पुस अप्समा जोड दिन्छन्। बिहान उठेर टेनिस खेल्छन्। उनलाई दिनहुँ ८ घन्टा नसुती चित्तै बुझ्दैन। शरीरलई आराम पुगेन र थकान महसुस भयो भने कुनै पनि काम राम्रोसँग गर्न सकिँदैन भन्ने उनको सोचाइ छ।

वर्कआउट र जिममा बढी मेहनत गरेर उनले एट प्याक एब्स बनाएका छन्। यसअघि फिल्म 'गजनी'मा पनि उनले भव्य ज्यान बनाएका थिए।

गृहस्थीमा असफल
व्यवसायिक जीवनमा उनलाई एकपछि अर्को सफलता हासिल भइरहेको छ। तर, गृहस्थीमा भने असफल सावित भएका छन्। हालैका दिनमा उनको दोस्रो विवाह पनि डिभोर्समा पुगेर टुंगिएको छ। उनको श्रीमति किरण रावसँग डिभोर्स भएको थियो। उनीहरुले १५ वर्ष एक साथ बिताएका थिए। 

आमिर र किरण रावको भेट फिल्म 'लगान'को सेटमा भएको थियो। किरण फिल्मको असिस्टेन्ट डाइयरेक्टर थिइन्। २८ डिसेम्बर २००५ मा दुवै विवाह बन्धनमा बाँधिएका थिए। दुवैको एक छोरा छन् जसको नाम आजाद हो। 
किरण राव आमिरको दोस्रो विवाह थियो। रीना दत्ता उनकी पहिली पत्नी थिइन्। विवाहको १६ वर्षपछि सन् २००२मा उनीहरुबीच डिभोर्स भएको थियो। रीना दत्ता र आमिरका एक छोरी इरा र छोरा जुनैद छन्।

आमिरका चार किस्सा
१) 'दंगल'का लागि लिएका थिए २१ हजार युवतीको अडिसन
आमिर ले फिल्म 'दंगल'का लागि २१ हजारभन्दा बढी युवतीको अडिसन लिएको चर्चा भइरहन्छ। 

फिल्ममा पहिल्यै  काम गरिसकेका कसैलाई नलिने उनको चाहना थियो। त्यसैले उनले धेरैभन्दा धेरै युवतीको अडिसन लिएका थिए। अन्तिममा फातिम सना शेख र सान्या मल्होत्रालाई लिएका थिए। फातिमा अहिले उनको डिभोर्सी जीवनकी सहयात्री छिन्।

२) फिल्मको स्क्रिप्ट जस्तै जब मनिषा कोइरालासँग बोलेनन्
आमिरले मनिषा कोइरालासँग 'अकेले हम अकेल तुम'को सुटिङ गरिरहेका थिए। उक्त समयमा अजीवले प्रस्तुत भइरहेका थिए। उनी मनिषासँग कुरा गर्नबाट तर्किरहेका थिए। सकेसम्म टाढिन्थे। यसबाट हैरान भएर मनिषाले आमिरसँग सोधिन्, 'तिमी मसँग किन कुरा गर्दैनौं?' त्यतिबेला आमिरको जवाफ थियो- स्क्रिप्टअनुसार म तिमीसँग कुरा गर्न पाउँदिन। त्यसैले म कुरा गर्नबाट भागिरहेको छु। स्क्रिप्टमा मनिषा र आमिर एकअर्कासँग कुरा नगर्ने लेखिएको थियो। विस्तारै आमिर कुरा गर्न तयार भएका थिए। 

३) थ्रि इडियट्समा यथार्थ देखाउन आमिर पिए मदिरा
फिल्म 'थ्री इडियट्स'को एक दृष्यमा आमिर, शरमन जोशी र आर. माधवन असली  जँड्याहा जस्तो देखिनुपर्ने थियो। त्यसपछि आमिरले निर्देशक राजकुमार हिरानीलाई भने- दृष्य दुरुस्त बनाउन हामी अलिअलि मदिरा पिउँछौं। अलिअलि भनेका उनीहरुले निकै धेरै मदिरा पिएका थिए। 

४) दौड छाडेर भागेका आमिर
स्कुलमा पढ्दै थिए आमिर। त्यो बेला उनी दौड प्रतियोगितामा सहभागी भए।  उनको उमेर तीन वर्षभन्दा केही अधिक थियो। आमिरका परिवार दौड हेर्न आएका थिए। जब प्रतियोगिता सुरु भयो, परिवारका सदस्यले हौसला बढाउन भने- कम अन आमिर।  आमिर दौड छाडेर परिवारका सदस्य भएको तिर आए। उनलाई लाग्यो- उनलाई बोलाइयो।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ?
भोटेकोशी बाढीको सातौं दिन : १२ हजारको उद्धार, ९८७ को शव फेला
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीको सातौं दिन : १२ हजारको उद्धार, ९८७ को शव फेला मंगलबार, भदौ १६, २०८३
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी मंगलबार, भदौ १६, २०८३
भोटेकोशी  बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्