काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘द कश्मिर फाइल्स’लाई दर्शक तथा समीक्षकले रुचाएका छन्। फिल्मले प्रदर्शन सुरु भएसँगै सीमित संख्यामा स्क्रिन पाए पनि दर्शक तथा समीक्षकले फिल्मलाई रुचाएका छन्।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा ४ करोड २५ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ। कश्मिरी पण्डितहरुको जीवनमाथि बनेको फिल्मलाई भारतीय दर्शकले निकै रुचाएका छन्।
भारतभर उक्त फिल्म ५६१ फिल्महल र भारतबाहिरका केही देशमा फिल्म प्रदर्शनमा आएको छ। ‘राधे श्याम’, ‘द ब्याटमेन’जस्त ठूलो बजेटमा बनेका फिल्महरुसँग प्रतिस्पर्धा गरेको फिल्मले हालसम्म गरेको व्यापारलाई सन्तोषजनक रुपमा हेरिएको छ।
विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनेको फिल्ममा अनुपम खेरसँगै मिथुन चक्रवर्ती, पल्लवी जोशी, प्रकाश बेलावडी, दर्शन कुमार, भाषा सुन्वली, पुनित इस्करलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।