काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘राधे श्याम’ले पहिलो दिनमै ७९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। शुक्रबारबाट भारतसँगै विश्वभर नै प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा नै ७९ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो।
फिल्ममा प्रभाससँगै अभिनेत्री पूजा हेगडेको अभिनय रहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा ३ हजारभन्दा धेरै हलमा रिलिज भएको फिल्मले शुक्रबार देशभरबाट ४८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। यो रकममा ४ करोड ८० लाख भारतीय रुपैयाँ फिल्मको हिन्दी भर्जनले कमाएको छ
३५० करोडको लगानीमा बनेको राधे श्याम भारतसँगै विश्वभर तेलगु, हिन्दी, तमिल, कन्नड र मलायलाम भाषामा प्रदर्शन भएको थियो। राधे कृष्ण कुमारको निर्देशनमा बनेको यो रोमेन्टिक ड्रामामा १९७० को दशकको युरोपलाई देखाइएको छ। फिल्ममा प्रभासले हस्तरेखा पढ्ने विक्रामादित्यको भूमिकामा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।