काठमाडौं- सातौं ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२’ शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा प्रदर्शनी सुरु गर्न लागेका हुन्। फागुन २७ गतेदेखि फागुन २९ गतेसम्म भृकुटीमण्डपमा हुने तीन दिने प्रदर्शनीमा नेपालीसँगै विदेशका ५० भन्दा बढी कम्पनी तथा ब्रान्डहरुको सहभागिता रहेको छ।
सहभागीको प्रोफाइलमा ठेकेदार, आर्किटेक्ट, इन्जिनियर र निर्माणकर्ताहरू समावेश छन्। यता, एजेन्सी, विभाग, आयातकर्ता, डिलर, र वितरक, निर्माता, परामर्शदाता र निर्माणकर्ताहरू, प्रमाणीकरण निकाय, र नेपाल र विदेशका विकासकर्ताहरुको उपस्थिति रहेको छ।
निर्माण व्यवसायसँग संलग्न साम्रागीहरु छड, पाइप, रड, डोजर, सिसाका सामाग्री, काठका सामाग्री, झ्याल ढोका, सिमेन्ट आल्मुनियम आदि अवोलकनका लागि राखिएको मिडिया स्पेस सोलुसन प्रालिका म्यानेजर डाइरेक्टर सिर्जल भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।