• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
क्लासिक कथा

रमा

भवानी भिक्षु शनिबार, फागुन २८, २०७८  १६:३६
1140x725

कुनै नराम्रो काम भएको थिएन। मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ।

‘रमा’ सम्मानीत बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी। पढेकी, लेखेकी, गृहकार्यमा निपुण। उमेर बीस, बिहा भएको थिएन।

एउटा आदर्श थियो ‘बिहा गर्नु बन्धन हो, आफ्नो जीवन, यौवन, सौन्दर्य र सुखको दुरुपयोग।’

अनि– पढेर, लेखेर, आमा–बाबुलाई रिझाएर त्यसले माथिको सिद्धान्त बनाउने बल प्राप्त गरेकी थिई। आफ्नो विचारमा अलि–अलि दम्भ पनि संचित गरिराखेको थिई। गर्व थियो– ‘म जान्ने हुँ, म पवित्र हुँ, म आदर्शशील हुँ।’

उसकी आमा चाहन्थिन्- छोरीको चाँडै बिहा भइहालोस, गृहस्थी बनोस्। उमेर धेरै भइसक्यो। छोरी यत्तिको पढ्ने, लेख्ने, पोष्ट अफिसका थरी–थरीका टिकट बटुल्ने। दृश्यहरूको र मनुष्यहरूको फोटोसमेत बटुल्ने, फेरि कता–कता पठाउने र कुन्नि कता–कताबाट त्यस्तै आउने। सबैभन्दा ठूलो कुरा के त, कहाँ–कहाँका देश–विदेशका लोग्नेमान्छेहरूसित टिकट–सिकट लिएर चिनाजानी पनि राख्ने।

उनी डराइ पनि रहेकी थिइन्– पढेकी, लेखेकी एकमात्र छोरीलाई अलि केही दबाउन–होच्याउन खोजें भने ‘बिहै गर्दिनँ’ भनिदिई भने……! वा यस्तै अरु पनि केही भनिदिई भने….! सात पुरुखा नरकमा जाने, नाक काटिने, सबै हाँस्ने…..! होइन बा! अब त काम चलाउनैपर्‍याे। चारैतिर सँभालेर खालि कुनै तवरले बिहामात्र गरिदिन पाए…।

अनि एउटा लामो सास फेरेर भन्थिन्– हे पशुपतिनाथ!

बाबु चाहिँको अनौठो ढंग र संस्कार। आफ्नो हिसाबले शिक्षित मनुष्य, बीस वर्षअघिका ग्र्याजुएट। किन्तु हिजोआजका सबै थोकलाई नमान्ने। केवल ‘पूजा, पाठ, धर्म, आचार र परिवारको मर्यादा! इमान्दारी र नियमित जीवन!’ यतिमात्रै बिलकुल ठीक, बाँकी सबै बेठीक।

nimb
nimb
Ncell 2
Ncell 2

छोरीको हकमा शिक्षाको हिसाबले अलि–अलि खुकुलो, नियमको हिसाबले धेरै बढ्न नदिने! मर्यादापूर्वक आधुनिक रह्यो, झन् बेस। उत्तम, नभए यस्तो आधुनिकता चाहिन्न। टिकट र फोटो बटुल्ने, साट्ने, यो त शिक्षा हो! छापामा टिकट बटुल्ने–श्रेणीमा नाउँ निस्क्यो, शिक्षा हो। प्रसन्न हुने कुरा हो। चिनाजानी भएर के हुन्छ? खास गरेर त्यति टाढा–टाढा (!) टाढा नभए शायद अलि केही …।

आदर्श बाबु चाहन्थे– कुनै तवरले छोरीको बिहा हुनुपर्ने हो। उमेर धेरै चढिसक्यो। तर, बिहा त कुनै शिक्षित र सम्पन्न परिवारमा गर्न पाए मात्र बेस। कोशिश यही गर्नुपर्छ। पढेलेखेको छोरी, ठाउँमा पारिदिए नाउँ पनि हुने, यश पनि मिल्ने।

उनी छोरीलाई माया गर्थे। अलि–अलि खुकुलो पनि पारिराखेथे, आधुनिकताको मजा लिराखेथे। किन्तु बन्धन, तर राम्ररी समातिएकै थियो। कुन्नि कस्तो अवसर पर्न आउँछ, उस बखत च्वाट्ट डोरी तान्यो कि कस्सिन नै जाने।

सधैँ सुत्न जाने बेलामा सोच्तथे– कुनै लायक ठाउँ पाइदिए त… छोरीलाई अब त दिनैपर्ने हो।

रमा– उपन्यास, कथा पढेर प्रेमको महत्व बुझ्ने घमण्ड प्राप्त गरेकी थिई। त्यही अन्तरप्रवाहमा प्रेमको परिभाषा लिने कुनै अज्ञात चेतना उसको मस्तिष्कमा घुमिरहेको थियो।

उसको बाबुको घरकाज गर्ने एउटा मूल कारिन्दा थियो। एक दिन उसले आफ्नो छोरोलाई ल्यायो। कलकत्ताबाट आई.ए. पास गरेर छुट्टीमा आएको। मालिकको दर्शन त गराउनै पर्‍याे।

मालिक, मालिक्नी सबैले कुरा सोधे। शुभकामना, सहानुभूति प्रकट गरे। मैयाँसाहेबले पनि सोधिन्– पढाइलेखाइको कुरा, कलकत्ताको रमाइलो, सिनेमाहरूको आलोचना, नयाँ–नयाँ रेकर्डहरूको संगीत–उत्तमता इतयादि।

बिस्तार–बिस्तारै फोटोग्राफी र टिकट संकलनको आधुनिक फेशनले भरिएको आफ्नो–आफ्नो रुचि–प्रदर्शन पनि भयो। युवक कहिलेकाहीँ आफैँ दर्शन गर्न आउने र कहिलेकाहीँ मैयाँसाहेबले कुनै पढ्ने–लेख्ने विषयमा आफैँ डाक्ने अथवा पुर्जी लेखिपठाएर सोध्ने।

प्रेमको सोख भयो, प्रेमको उमेर, प्रेमको आकांक्षा। गर्न थाले दुवै परस्परमा प्रेम। पत्रहरू र दर्शन–भेटहरूमा अब एउटा कुनै अर्कै चेतना बग्न थाल्यो।

अनि दुवै एउटा रमाइलो जूनको तल, वासन्ती वायुको स्पर्शमा, तातो तातो सासभित्र दुवैले परस्पर समर्पणका अनेकौँ प्रतिज्ञा गरे, अनेकौं आश्वासन, अनेकौं पवित्र सहानुभूति। दुवैले आफूभित्र आफूलाई आदर्श प्रेमी निर्धारित गरे।

अन्तमा––

बाबुले अनासक्त भावमा एक दिन एकातिर आफैं भने– त्यतिको टिकट, फोटोग्राफी, किताब, उपन्यास लिएर कहाँसम्म नाउँ चलाउन खोजेकी! दुनियाँको कुन हिसाब–किताब चलाउन लागेकी रहिछ कुन्नि, रंग–न–ढंगको कुरा!

डोरी तानेर मनमनै भने– कुनै तवरले ठाउँमा बिहा गरिदिन पाए यही आधुनिकताले नै त कति इजजत हुने थियो!

आमाले सशंकित हुँदै, कंपित हुँदै, पशुपतिनाथलाई सम्झिँदै सम्झाउन–बुझाउन लागिन्– मैयाँ! दुनियाँको चाल–चलन अनौठै छ, कसैमाथि छिटो हाल्न बेर लाउँदैनन्, धेरै किसिमका कुरा, चाला गरेर के फाइदा?  घरमा बस्नु, खानु, कुरा गर्नु, हामी स्वास्नीमान्छेहरूलाई यति भए त पुग्यो!

कुरा–कुरैमा बुझाइ दिइन्– अबउप्रान्त किताब–सिताबको लिनुदिनु नगर्नू, कसैसित धेरै चिनाजानी बढाउनुपर्दैन, त्यो हाम्रो को हो र? आफन्त पनि होइन, नातादार पनि होइन। भो अब, टिकटहरू बटुलेर हामीलाई नाउँ कमाउनुपर्दैन।

मनमनै भनिन् – पशुपतिनाथ! बिहा भइदेओस् प्रभु! एउटा गलग्रह छुट्ने थियो।

रमाले पनि स्वीकृति दिई ‘हुन्छ, हजुरको सुख, सन्तोष, आज्ञा जुन होला हामीले त्यही नै गर्नुपर्छ! त्यसै गरुँला। अझसम्म हजुरकै काखमा हुर्के–बढेकी हुँ, अब पनि त्यसमा कुनै बाधा पर्नेछैन।’

एकपल्ट उसको अन्तरमा उम्ल्यो ‘विचरा’। एकपल्ट सम्झना भयो ‘अनेकौँ हृदय–व्यथा, समर्पण पोखेका पत्रहरू, प्रतिज्ञा, हृदयको अतीत।’ तर…? ‘उँहु! केही पनि छैन।’ आमा–बाबुको भक्त! ‘कुरा नमानेर उहाँलाई दुःख दिन जान्दिनँ। मेरो मुक्त जीवन, मेरो पवित्र जीवन!’

कुरा गरी आमाको भक्ति, बाबुको मर्यादामा ओतप्रोत भई युवकलाई लेखिदिई– ‘हाम्रो परिवारको मर्यादाविरुद्ध छ, आमा–बाबुको आज्ञा छैन, अबउप्रान्त केही सम्बन्ध राखेर के लाभ?’

मनमा फेरि एक पटक चियायो– ‘विचरा…।’ भो! मलाई अरु काम छैन र? बेला छ, सितार छ, हार्बिन छ, अनेकौँ सोख, मोज, मज्जा!

दुइ दिनपछि सहन नसकेर फेरि एउटा पत्र बिचरा युवकले लेख्यो। दर्दले भरिएको कस्तो पीडापूर्ण थियो त्यो पत्र!

उत्तरमा रमाले लेखी– ‘अब फेरि यस्तो त के, केही पनि लेख्नुपर्दैन, मेरी आमा, मेरो बुबा…।’ यस्तै अरु कुन्नि के–के!

नारीको राक्षसले हाँस्यो– मूर्ख, पत्र लेख्छे। म पनि मूर्ख छु, यत्तिको बढ्नै दिने काम थिएन।

सामुन्ने एउटा सानो जातको कुकुर थियो। उसलाई उठाएर छातीमा च्यापी प्यारो गरेर म्वाइँ खाई ‘मेरो लूसी, मेरो लूसी।’

मूर्ख, कुकुर…! त्यस युवकले फेरि केही लेख्न सकेन। अनि सबै थोक एकदम बन्द।

साधारण जीवनको बिचरा युवकले बुझ्‍नै सकेन– प्रेमको यो कुन चाला हो, यो कुन श्रेणीको प्रेम हो, यो कुन रीति–थितिको प्रेम हो?

उसले यस कुराको थाहै पाउन सकेन कि राम्रा-राम्रा लुगा लगाउनु, राम्रा – राम्रा मिष्ठान्न खानु, राम्रा–राम्रा फेशन बनाउनु, नयाँ – नयाँ खेल खेल्नुझैँ कहिलेकाहीँ कतै नयाँ–नयाँ प्रेम पनि गरेर मानिस आफ्ना आनन्दको वृद्धि गर्दा रहेछन्।

मूर्ख अभागी युवकले आफ्नो सर्वस्व दिसकेर पछिबाट आजन्म यही सोचिरह्यो– ‘प्रेम लिएर मान्छे व्यवसाय कसरी गर्न सक्तछ? प्राणको खरीद–बिक्री, नाफा–टुट्टा, हिसाब–किताब र हृदयमा बेपारबन्द कसरी साध्य भएछ?’

-यो कथा हामीले 'गुनकेसरी'बाट लिएका हौँ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्