• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
क्लासिक कथा

रमा

भवानी भिक्षु शनिबार, फागुन २८, २०७८  १६:३६
1140x725

कुनै नराम्रो काम भएको थिएन। मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ।

‘रमा’ सम्मानीत बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी। पढेकी, लेखेकी, गृहकार्यमा निपुण। उमेर बीस, बिहा भएको थिएन।

एउटा आदर्श थियो ‘बिहा गर्नु बन्धन हो, आफ्नो जीवन, यौवन, सौन्दर्य र सुखको दुरुपयोग।’

अनि– पढेर, लेखेर, आमा–बाबुलाई रिझाएर त्यसले माथिको सिद्धान्त बनाउने बल प्राप्त गरेकी थिई। आफ्नो विचारमा अलि–अलि दम्भ पनि संचित गरिराखेको थिई। गर्व थियो– ‘म जान्ने हुँ, म पवित्र हुँ, म आदर्शशील हुँ।’

उसकी आमा चाहन्थिन्- छोरीको चाँडै बिहा भइहालोस, गृहस्थी बनोस्। उमेर धेरै भइसक्यो। छोरी यत्तिको पढ्ने, लेख्ने, पोष्ट अफिसका थरी–थरीका टिकट बटुल्ने। दृश्यहरूको र मनुष्यहरूको फोटोसमेत बटुल्ने, फेरि कता–कता पठाउने र कुन्नि कता–कताबाट त्यस्तै आउने। सबैभन्दा ठूलो कुरा के त, कहाँ–कहाँका देश–विदेशका लोग्नेमान्छेहरूसित टिकट–सिकट लिएर चिनाजानी पनि राख्ने।

उनी डराइ पनि रहेकी थिइन्– पढेकी, लेखेकी एकमात्र छोरीलाई अलि केही दबाउन–होच्याउन खोजें भने ‘बिहै गर्दिनँ’ भनिदिई भने……! वा यस्तै अरु पनि केही भनिदिई भने….! सात पुरुखा नरकमा जाने, नाक काटिने, सबै हाँस्ने…..! होइन बा! अब त काम चलाउनैपर्‍याे। चारैतिर सँभालेर खालि कुनै तवरले बिहामात्र गरिदिन पाए…।

अनि एउटा लामो सास फेरेर भन्थिन्– हे पशुपतिनाथ!

बाबु चाहिँको अनौठो ढंग र संस्कार। आफ्नो हिसाबले शिक्षित मनुष्य, बीस वर्षअघिका ग्र्याजुएट। किन्तु हिजोआजका सबै थोकलाई नमान्ने। केवल ‘पूजा, पाठ, धर्म, आचार र परिवारको मर्यादा! इमान्दारी र नियमित जीवन!’ यतिमात्रै बिलकुल ठीक, बाँकी सबै बेठीक।

nimb
nimb
Ncell 2
Ncell 2

छोरीको हकमा शिक्षाको हिसाबले अलि–अलि खुकुलो, नियमको हिसाबले धेरै बढ्न नदिने! मर्यादापूर्वक आधुनिक रह्यो, झन् बेस। उत्तम, नभए यस्तो आधुनिकता चाहिन्न। टिकट र फोटो बटुल्ने, साट्ने, यो त शिक्षा हो! छापामा टिकट बटुल्ने–श्रेणीमा नाउँ निस्क्यो, शिक्षा हो। प्रसन्न हुने कुरा हो। चिनाजानी भएर के हुन्छ? खास गरेर त्यति टाढा–टाढा (!) टाढा नभए शायद अलि केही …।

आदर्श बाबु चाहन्थे– कुनै तवरले छोरीको बिहा हुनुपर्ने हो। उमेर धेरै चढिसक्यो। तर, बिहा त कुनै शिक्षित र सम्पन्न परिवारमा गर्न पाए मात्र बेस। कोशिश यही गर्नुपर्छ। पढेलेखेको छोरी, ठाउँमा पारिदिए नाउँ पनि हुने, यश पनि मिल्ने।

उनी छोरीलाई माया गर्थे। अलि–अलि खुकुलो पनि पारिराखेथे, आधुनिकताको मजा लिराखेथे। किन्तु बन्धन, तर राम्ररी समातिएकै थियो। कुन्नि कस्तो अवसर पर्न आउँछ, उस बखत च्वाट्ट डोरी तान्यो कि कस्सिन नै जाने।

सधैँ सुत्न जाने बेलामा सोच्तथे– कुनै लायक ठाउँ पाइदिए त… छोरीलाई अब त दिनैपर्ने हो।

रमा– उपन्यास, कथा पढेर प्रेमको महत्व बुझ्ने घमण्ड प्राप्त गरेकी थिई। त्यही अन्तरप्रवाहमा प्रेमको परिभाषा लिने कुनै अज्ञात चेतना उसको मस्तिष्कमा घुमिरहेको थियो।

उसको बाबुको घरकाज गर्ने एउटा मूल कारिन्दा थियो। एक दिन उसले आफ्नो छोरोलाई ल्यायो। कलकत्ताबाट आई.ए. पास गरेर छुट्टीमा आएको। मालिकको दर्शन त गराउनै पर्‍याे।

मालिक, मालिक्नी सबैले कुरा सोधे। शुभकामना, सहानुभूति प्रकट गरे। मैयाँसाहेबले पनि सोधिन्– पढाइलेखाइको कुरा, कलकत्ताको रमाइलो, सिनेमाहरूको आलोचना, नयाँ–नयाँ रेकर्डहरूको संगीत–उत्तमता इतयादि।

बिस्तार–बिस्तारै फोटोग्राफी र टिकट संकलनको आधुनिक फेशनले भरिएको आफ्नो–आफ्नो रुचि–प्रदर्शन पनि भयो। युवक कहिलेकाहीँ आफैँ दर्शन गर्न आउने र कहिलेकाहीँ मैयाँसाहेबले कुनै पढ्ने–लेख्ने विषयमा आफैँ डाक्ने अथवा पुर्जी लेखिपठाएर सोध्ने।

प्रेमको सोख भयो, प्रेमको उमेर, प्रेमको आकांक्षा। गर्न थाले दुवै परस्परमा प्रेम। पत्रहरू र दर्शन–भेटहरूमा अब एउटा कुनै अर्कै चेतना बग्न थाल्यो।

अनि दुवै एउटा रमाइलो जूनको तल, वासन्ती वायुको स्पर्शमा, तातो तातो सासभित्र दुवैले परस्पर समर्पणका अनेकौँ प्रतिज्ञा गरे, अनेकौं आश्वासन, अनेकौं पवित्र सहानुभूति। दुवैले आफूभित्र आफूलाई आदर्श प्रेमी निर्धारित गरे।

अन्तमा––

बाबुले अनासक्त भावमा एक दिन एकातिर आफैं भने– त्यतिको टिकट, फोटोग्राफी, किताब, उपन्यास लिएर कहाँसम्म नाउँ चलाउन खोजेकी! दुनियाँको कुन हिसाब–किताब चलाउन लागेकी रहिछ कुन्नि, रंग–न–ढंगको कुरा!

डोरी तानेर मनमनै भने– कुनै तवरले ठाउँमा बिहा गरिदिन पाए यही आधुनिकताले नै त कति इजजत हुने थियो!

आमाले सशंकित हुँदै, कंपित हुँदै, पशुपतिनाथलाई सम्झिँदै सम्झाउन–बुझाउन लागिन्– मैयाँ! दुनियाँको चाल–चलन अनौठै छ, कसैमाथि छिटो हाल्न बेर लाउँदैनन्, धेरै किसिमका कुरा, चाला गरेर के फाइदा?  घरमा बस्नु, खानु, कुरा गर्नु, हामी स्वास्नीमान्छेहरूलाई यति भए त पुग्यो!

कुरा–कुरैमा बुझाइ दिइन्– अबउप्रान्त किताब–सिताबको लिनुदिनु नगर्नू, कसैसित धेरै चिनाजानी बढाउनुपर्दैन, त्यो हाम्रो को हो र? आफन्त पनि होइन, नातादार पनि होइन। भो अब, टिकटहरू बटुलेर हामीलाई नाउँ कमाउनुपर्दैन।

मनमनै भनिन् – पशुपतिनाथ! बिहा भइदेओस् प्रभु! एउटा गलग्रह छुट्ने थियो।

रमाले पनि स्वीकृति दिई ‘हुन्छ, हजुरको सुख, सन्तोष, आज्ञा जुन होला हामीले त्यही नै गर्नुपर्छ! त्यसै गरुँला। अझसम्म हजुरकै काखमा हुर्के–बढेकी हुँ, अब पनि त्यसमा कुनै बाधा पर्नेछैन।’

एकपल्ट उसको अन्तरमा उम्ल्यो ‘विचरा’। एकपल्ट सम्झना भयो ‘अनेकौँ हृदय–व्यथा, समर्पण पोखेका पत्रहरू, प्रतिज्ञा, हृदयको अतीत।’ तर…? ‘उँहु! केही पनि छैन।’ आमा–बाबुको भक्त! ‘कुरा नमानेर उहाँलाई दुःख दिन जान्दिनँ। मेरो मुक्त जीवन, मेरो पवित्र जीवन!’

कुरा गरी आमाको भक्ति, बाबुको मर्यादामा ओतप्रोत भई युवकलाई लेखिदिई– ‘हाम्रो परिवारको मर्यादाविरुद्ध छ, आमा–बाबुको आज्ञा छैन, अबउप्रान्त केही सम्बन्ध राखेर के लाभ?’

मनमा फेरि एक पटक चियायो– ‘विचरा…।’ भो! मलाई अरु काम छैन र? बेला छ, सितार छ, हार्बिन छ, अनेकौँ सोख, मोज, मज्जा!

दुइ दिनपछि सहन नसकेर फेरि एउटा पत्र बिचरा युवकले लेख्यो। दर्दले भरिएको कस्तो पीडापूर्ण थियो त्यो पत्र!

उत्तरमा रमाले लेखी– ‘अब फेरि यस्तो त के, केही पनि लेख्नुपर्दैन, मेरी आमा, मेरो बुबा…।’ यस्तै अरु कुन्नि के–के!

नारीको राक्षसले हाँस्यो– मूर्ख, पत्र लेख्छे। म पनि मूर्ख छु, यत्तिको बढ्नै दिने काम थिएन।

सामुन्ने एउटा सानो जातको कुकुर थियो। उसलाई उठाएर छातीमा च्यापी प्यारो गरेर म्वाइँ खाई ‘मेरो लूसी, मेरो लूसी।’

मूर्ख, कुकुर…! त्यस युवकले फेरि केही लेख्न सकेन। अनि सबै थोक एकदम बन्द।

साधारण जीवनको बिचरा युवकले बुझ्‍नै सकेन– प्रेमको यो कुन चाला हो, यो कुन श्रेणीको प्रेम हो, यो कुन रीति–थितिको प्रेम हो?

उसले यस कुराको थाहै पाउन सकेन कि राम्रा-राम्रा लुगा लगाउनु, राम्रा – राम्रा मिष्ठान्न खानु, राम्रा–राम्रा फेशन बनाउनु, नयाँ – नयाँ खेल खेल्नुझैँ कहिलेकाहीँ कतै नयाँ–नयाँ प्रेम पनि गरेर मानिस आफ्ना आनन्दको वृद्धि गर्दा रहेछन्।

मूर्ख अभागी युवकले आफ्नो सर्वस्व दिसकेर पछिबाट आजन्म यही सोचिरह्यो– ‘प्रेम लिएर मान्छे व्यवसाय कसरी गर्न सक्तछ? प्राणको खरीद–बिक्री, नाफा–टुट्टा, हिसाब–किताब र हृदयमा बेपारबन्द कसरी साध्य भएछ?’

-यो कथा हामीले 'गुनकेसरी'बाट लिएका हौँ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्