• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

उबडखाबड समाज र सीमान्तकृत संघर्षको वियोगान्त कथा

छविरमण सिलवाल  शनिबार, फागुन २८, २०७८  १२:३२
1140x725

टंक चौलागाईं नेपाली साहित्य, अभिनय, निर्देशन तथा प्रशिक्षणमा सक्रिय प्रतिभा हुन्। अहिले उनको अभिनय, निर्देशन तथा प्रशिक्षणलाई छाडेर साहित्य लेखनको चर्चा गर्नेछु। त्यो चर्चाको केन्द्रभागमा हुनेछ उनको चौथो उपन्यास उबडखाबड। यसअघि उनका जिरो कटेज (२०६८), काठमाडु गीत (२०७०) र टालाटुली (२०७३) प्रकाशित छन्।

टंक उपन्यासबाहेक बालसाहित्य र नाटक लेखनमा पनि निकै सक्रिय छन्। बालसाहित्यमा उनका करिब डेढ दर्जन कृति प्रकाशित भैसकेका छन्। 

उनको लेखनमा एउटा अनौठो जादूमय कला निहित छ। यसैले उनी लेखनबाट पाठकलाई लठ्याउन सक्छन्। उनको लेखन जादूबाट म पहिलो उपन्यास ‘जिरो कटेज’बाटै प्रभावित भएको थिएँ। त्यसपछिका दिनहरूमा उनका उपन्यास पढ्ने बानी पर्दै गयो। ‘उबडखाबड’सम्म आइपुग्दा उनको लेखन गहिराइमा डुबेको प्रस्टै हुन्छ। 

टंक आफ्ना पाठकहरूलाई निराश हुनबाट जोगाउन सक्ने खुबी भएका लेखकमध्ये पर्छन्। अनावश्यक विषयतिर बरालेर उनी पाठकलाई अल्मल्याउँदैनन्। सरल भाषाशैलीमा गम्भीर प्रस्तुति गर्न खप्पिस छन्। 

उनी विषयवस्तुको छनोटमा पनि उत्तिकै सचेत छन्। त्यसैले ठूलाभन्दा साना मसिन विषय तथा भुईँमान्छेका मुद्दामा पस्छन्। समाजका त्यस्ता विषय र वस्तु, जहाँ सरोकारवाला र सामान्य मानिसको पनि ध्यान पुगेको हुँदैन, त्यस्तामा टंक सुटुक्कै घुस्छन् र पाठकको मन छुने गरी कलम चलाउँछन्।

शिल्प र शैलीका हिसाबमा उनीसँग लेखन सार्मथ्य छ। उनी नाट्यक्षेत्रमा काम गर्ने हुनुको नाताले लेखनमा पनि ‘नाट्यप्रभाव’ पर्नु नौलो होइन। जसरी एउटा कविले आख्यान लेख्यो भने कविताको प्रभाव टड्कारो रूपमा देखिन्छ, त्यस्तै उनको पछिल्लो उपन्यास उबडखाबडमा पनि नाटकीय प्रभाव छ। उपन्यासलाई नाटकमा परिणत गर्दा पनि उच्च कोटीको देखिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु। लेखकको चाहना हुन्छ, आफ्नो लेखले हरेक पाठकको मन चसक्क होस्, उनको पनि यही चाहना छ।

म उबडखाबडलाई खोतल्ने क्रममै छु। यो एउटा सामाजिक उपन्यास हो। हाम्रो समाजमा हुर्केको एउटा पात्रको जीवनमा घटेको अनेकन घटनाहरूको एउटा दस्तावेज हो भन्दा पनि फरक पर्दैन। गाउँबाट ‘हिरो’ बन्न सहर पसेको एउटा पात्रलाई सहरले थिलथिलो बनाएको विषय पढ्न सकिन्छ। वास्तवमा घटना यति नै हो, तर ती पात्रले जीवनयापन गर्ने क्रममा घटेका घटनाहरूले भने मन चसक्क हुन्छ। ऊ दलित पनि भएकोले उसलाई आफ्नै समाजसँग पनि घुलमिल गरेर बस्न कठिनाइ भएका घटनाहरु त हामीले भोगेका र देखेका पनि छौँ। यस उपन्यासमा पनि तिनै घटना ताजगी बनेर उभिएका छन्। एउटा सीमान्तकृत व्यक्तिको कहानीसँगै सिङ्गो समाजले दिएको विकृतिको भागिदार किन ऊ मात्र हुन्छ भन्ने महत्वपूर्ण विषयको उठान उपन्यासले गरेको छ। 

पात्र दलित मात्र नभएर तोते बोल्ने पनि हुन्छ। यही कारण ऊ हास्यको पात्र बन्छ। यस्ता मिहिन विषयलाई लेखकले उपन्यासमा उठान गरेर न्याय दिएको अनभूति हुन्छ। यस्तै विषयले पाठकलाई छुन सफल हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

१० वर्षे युद्धले पनि उनीहरूलाई नै पीडित बनाएका कतिपय उदाहरण उपन्यासमा भेटिन्छ। पात्रलाई विद्रोहीले भेटेमा सैनिकको सुराकीको आरोप लाग्ने, सैनिकले भेटे विद्रोही भनेर अनेक दुःख दिने गरेका विभिन्न परिवेशका उपकथाले ती कथित जनयुद्धका स्मरणहरू ताजा पारिदिन्छ। अर्को कुरा, ‘गरिब हुनु उनीहरुको दोष त होइन होला नि?’ भन्ने जस्ता प्रश्नहरु उपन्यासमा उब्जेका छन्। 

जब पात्रको सहर प्रवेश हुन्छ र जति गर्दा पनि उसले चाहेको कुरा पाउन सक्दैन, ऊ निराश हुन्छ। सहरमा सबै मान्छे खराब मात्र हुँदैनन् भन्ने विषय उसको घरबेटी आमाले भनेका कुराले ऊ नतमस्तक बन्छ।

लेखकले यसरी पात्रसँगै पाठकलाई पनि भावुकताको पोखरीमा डुबाउँछन्–

जीवन भाइ, काममा आऊ भनेको, आएनौ। धेरै दिन भयो कोठाबाट बाहिर निस्केका छैनौ। के भयो?’ साहुनीले सोधिन्। उनी ढोकामा उभिएकी थिइन्। म भित्र भुईँमा पल्टिएको थिएँ। उनैले सबैतिर हेरिन्। महिनौदेखि कोठामा केही नपाकेको बुझ्न उनलाई गाह्रो परेन। ‘मलाई थाह छ बाबु, सहरले तिमीजस्ताको प्राण चुस्छ। हामीसँग काम गर। हिरो पनि बन। हरेश नखाऊ।’ कहिलेकाहीँ त यीनी साहुनी हुन् कि आमा, बिर्सन्थें।

उपन्यासमार्फत टंकले व्यवस्था परिर्वतन गर्ने हातहरू सधैँ खाली भएको देखाएका छन्। त्यो वास्तविक चित्रण आज हामीले देखिरहेका छौँ, भोगिरहेका छौं। जसलाई भर्‍याङ बनाएर उनीहरू माथि पुगे, त्यसपछि सबै बिर्सिए। अब कसको आस गर्ने? त्यसैले गरिबको कोही पनि आफ्नो हुने रहेनछ भन्ने विषय उपन्यासमा सशक्त भएर पोखिएको छ।

तीजको व्रतमा पनि उसकी श्रीमती अर्काको घरमा काम गर्न जानु पर्ने बाध्यता छ। त्यति बेलै ग्यास लिन जाँदा मोटरले ठक्कर दिएर भागेपछि कसैले अस्पताल पुर्‍याएर फोन गर्छन्। आफ्नी श्रीमतीको उपचार गर्न पैसाको धोक्रो लिएर जानु पर्ने कस्तो अव्यवस्था होला? उपचार नपाएर ऊ मर्छे तै पनि घाटमा तिर्ने पैसा नहुँदा लास सडेर जाने व्यवस्थामा छौँ हामी। हामी कस्तो समाज निर्माण गरिरहेका छौँ। यथोचित न्यायको पक्षमा कसले आवाज उठाउने होला? अब कस्तो व्यवस्था ल्याउन आवाज बुलन्द गर्नुपर्ने हो? यस्तै विषय उबडखाबडमा उठाइएको छ।

तीन दिनपछि जब शव वरिपरि झिंगा भन्किन थाले, शव गह्नाउन थाल्यो। शवसँग आएका अरु मलामीहरु परपर भागे। घाट व्यवस्थापन केन्द्रका मानिसहरु दबाब दिन थाले। केही समाजसेवीका नेत्र खुले। केही आगन्तुकले आफ्ना कन्सिरी तताए। सुटिङबाट फर्किएका मल्ल सर सन्तेसँग सीधै पशुपति आए। मल्ल सरका पाउमा आफ्नो टाउको टेकाएर जीवन निकैबेरसम्म रोयो।

अहिलेको वास्तविक यथार्थ पनि यही हो। केही समयअगाडि हामीले समाचारमा सुनेका थियौँ, पैँतीस सय नभएर आफन्तको लास जलाउन नपाइ रोइरहेको दृश्य। अहिले त्यही घटना उपन्यासमार्फत पढिरहेका छौं। यो कुनै फिल्म होइन, तर उबडखाबड पढ्दा फिल्मकै झल्को आउँछ।

उपन्यासमा सत्यको उजागर सिमान्तकृत पात्रमार्फत भएको छ। पात्रले न्याय पायो या पाएन भन्दा पनि अबको हाम्रो गणतान्त्रिक मुलुकमा कोही पनि औषधी उपचार नपाएर मर्नु नपरोस्, बेरोजगार भएर बस्नु नपरोस्, शिक्षाबाट कोही बन्चित हुनु नपरोस् भन्ने मुख्य सन्देश उबडखाबडले दिएको छ। केही अश्लील शब्दहरुको प्रयोग भने अलिक असहज महसुस गराएको भान हुन्छ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता
हालान्डको गोलमा सिटी विजय
बार्सिलोनाको जितमा यमलको २ गोल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्