काठमाडौं– सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखालाई सहयोग गरेको छ। बैंकले जिल्ला शाखाको  भवन निर्माणका लागि दुई लाख सहयोग गरेको हो।
बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। 
इलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिँदै आएको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।