काठमाडौं– १४ जनाको ज्यान जानेगरी संखुवासभामा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनाको खबरले आफू मर्माहत भएको समेत बताएका छन्।
प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त तथा घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन्। घाइतेहरुको उचित उपचारका लागि प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि देउवाले उल्लेख गरेका छन्।
बिहीबार बेलुकी सामाजिक सञ्जालमा देउवाले लेखेका छन्– 'संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनाको खबरले मर्माहत भएको छु। दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। दुर्घटनामा परेर घाइते भएकाहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।