• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
संखुवासभा दुर्घटना

तीब्र गतिका कारण घुम्ती कटाउन नसक्दा १४ जनाको ज्यान गयो, मृतकमा चालक र सहचालक पनि

64x64
नेपाल लाइभ बिहीबार, फागुन २६, २०७८  १४:०३
1140x725

काठमाडौं– संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा १‍४ जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा पर्दा उनीहरुको मृत्यु भएको हो। पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मादी-६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको जानकारी दिए।  

'१४ जनाको शव निकालिएको छ' वडा अध्यक्ष तामाङले नेपाल लाइभसँग भने, '५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।' गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् लैजाने तयारी गरिएको उनले बताए। 

गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाएइएको  संखुवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्।

पहिचान खुल्यो

प्रहरीका अनुसार मृतक १४ जनाको पहिचान खुलेको छ। 

मृत्यु हुनेहरुमा मादी नगरपालिका -६ को वर्ष ३० की सिता बिक, वर्ष ३२ की अञ्जना कटुवाल, तुलसा कटवालकी छोरी वर्ष ५ कि दिक्षा कटवाल रहेका छन्। त्यस्तै वडा नम्बर ५ का वर्ष ४९ का भवानी प्र. दाहाल, वर्ष ४८ का दिपक कुमार दाहाल, वर्ष ५५ श्याम शेर्पा र सहचालक उमेश भट्टराई रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि नगरपालिकाको वडा नम्बर २का वर्ष ४२ का ईन्द्र अधिकारी, वडा नम्बर ४ का  वर्ष ६० का बल बहादुर कार्की, वर्ष २८ की सबिता कार्की र आइत बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। 

ताप्लेजुङ ठेगाना भएकी वर्ष ३१ की समीक्षा योञ्जन उनका ८ वर्षीय छोरा सुदिप घिसिङको पनि दुर्घटनामा मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालक तेह्रथुम फाक्चामाका ३१ वर्षका विपिन निरौलाको मृत्यु भएको छ। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

दुर्घटनास्थलमा खटिएका वडाअध्यक्षको बयान : बस पहिले ५० मिटर तल बजारियो, फेरि ३ सय मिटर तल खस्यो

दुर्घटनाको कारण तिव्र गति?

प्रहरी नायब उपरीक्षक सुवेदीले दुर्घटनाको कारण तिव्र गति रहेको देखिएको बताए। बस तीव्रगतिका कारण घुम्तीमा कटाउन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको सुवेदीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेकाले थप विवरण पछि आउने उनले बताए। 

दुर्घटना भएको मादी- ६ का वडा अध्यक्ष धननारायण तामाङले दुर्घटना सात बजेको आसपास भएको सूचना पाउनासाथ आफूहरु दुर्घटनास्थल पुगेर उद्धारमा खटिएको बताए। आफूहरु दुर्घटनास्थल पुग्दा अवस्था अत्यन्तै भयानक देखिएको उनको भनाइ छ।

'म साढे सातमा दुर्घटनास्थल पुगेको थिएँ। त्यहाँ पुग्दाअवस्था कहाली लाग्दो थियो' तामाङले भने, 'सात घुम्तीमामा गाडी नमोडी सिधै खसेको जस्तो देखियो।' 

अध्यक्ष तामाङले बस पहिला सडकबाट केही तल खसेको र त्यहाँ बजारिएपछि फेरि तल पुगेको देखिएको बताए। सडकबाट करिब ५० मिटर तल ११ वटा शव भेटिएको र बाँकी तीनवटा शव करिब ३ सय मिटर तल फेला परेको उनले बताए। 

'मोडबाट खसेर बस पहिला ५० मिटरजति तल बजारिएछ र त्यहाँबाट पनि खसेर करिब ३ सय मिटर जति तल पुगेको छ' उनले भने, 'सुरुमा बजारिएको ठाउँमा नै ११ वटा शव निकालियो। बाँकी शव तल फेला परेको हो। केही यात्रु उछिट्टिएर घाइते हुनु भएको रहेछ।' दुर्घटनाका कारण मादी शोकमा डुबेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरप... बुधबार, कात्तिक ५, २०८२
विपिन जोशीको अन्तिम बिदाइ उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए । मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मंगलबार, कात्तिक ४, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्