• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मतपत्रमा हरियो रङको चुनाव चिह्न : तुकबिनाको तर्कबाट सिर्जित तरंग

64x64
किशोर दहाल बिहीबार, फागुन २६, २०७८  २०:१९
1140x725

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि घोषित मिति आइपुग्न अब ६४ दिन बाँकी छ। निर्वाचन आयोगदेखि निर्वाचनमा भाग लिने दलहरु आ-आफ्नो तयारीमा जुटेका छन्। तर, ती विषयले भन्दा मतपत्रमा रहने चुनाव चिह्नको रङको विषयले यतिबेला अतिरिक्त चर्चा पाइरहेको छ।

चर्चाको सुरुवात पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्तिबाट भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नहरु हरियो रङको हुने निर्णय गरेपछि ओलीले त्यसप्रति ठूलै आशंका प्रकट गर्दै अभिव्यक्ति दिएका थिए।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) को कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए- 'चुनाव चिह्नको रङ हरियो कुन हिसाबले राख्ने? धार्मिक हिसाबले राख्ने हो? अथवा, कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने? कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो?'

आयोगको निर्णय कांग्रेसमैत्री हो भन्नेमा विश्वस्त देखिएका ओलीले बुधबार मोरङको रंगोलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस प्रसंगलाई दोहोर्‍याए। कांग्रेसको पात मात्रै झरेको होइन, रुखै सुकिसकेको भन्दै उनले भने- 'बुढो रुख बचाउनका लागि निर्वाचन आयोगले चुनाव चिह्नहरु सबै हरियो रंगमा लेख्ने भएछ।'

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। 'स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो SK-3081 Spectrum Bright Green मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ।

निर्वाचन चिह्न हरियो बनाउने निर्णय नितान्त प्राविधिक कारणले गरिएको आयोगले जनाएको छ। अघिल्लो निर्वाचनमा चुनाव चिह्न र स्वस्तिक छापको रङ निलैनिलो हुँदा गणनामा समस्या भएको आयोगको अनुभव छ। स्थानीय तहको निर्वाचनमा सात पटक स्वस्तिक छाप हान्नुपर्ने हुन्छ। तर, कतिपय मतदाताले स्टाम्पमा एकपटक स्वस्तिक चोपेर सातवटा छाप हान्ने भएकाले पछिल्ला छापहरु मधुरा हुँदै जाने हुन्छन्, जसले गर्दा गणनामा समस्या हुने गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

'गणना सुरु गरिसकेपछि दिन र रात पूरै गन्नुपर्छ। रातको समयमा बत्तिको लाइट मधुरो हुने र गणना गर्दा स्वस्तिक छाप लागेको हो कि होइन, छुट्याउन पनि गाह्रो पर्ने हुन्छ। कतिपय स्वस्तिक छाप निर्वाचन चिह्नमा पर्‍यो भने, निर्वाचन चिह्नका रङ गाढा तर स्वस्तिक छापको रङ मधुरो हुँदा छाप लागेको पनि हो कि होइन, पहिचान गर्न गाह्रो भएको हुनाले मुख्यतः रङमा भिन्नता गर्ने उद्देश्य राखिएको हो', उनले भने।

तर, एमाले अध्यक्ष ओलीले भने आयोगको निर्णयलाई त्रुटिपूर्ण भएको बताइसकेका छन्। मंगलबारको कार्यक्रममा उनले चुनाव चिह्न हरियो रङकै राख्ने भनेर आयोगले निर्णय गरेको भए त्यसलाई सच्याउनुपर्ने बताएका छन्। उनले चुनाव चिह्न 'हरियो-सरियो हुँदैन' भन्दै अहसमति पनि जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले भने यस सम्बन्धमा कसैलाई द्विविधा भएको भए, आयोगले अन्यथा निर्णय गर्‍यो कि भन्ने भए प्रष्ट पार्न तत्पर रहेको बताएको छ। अर्कोतिर, उसले निर्वाचन चिह्न कुन रङको राख्ने भन्ने जस्ता विषयको क्षेत्राधिकार आयोगको भएको स्मरण पनि गराएको छ।

'निर्वाचनको मतपत्रको डिजाइन, रङहरु तय गर्ने अधिकार आयोगलाई छ। किन यो गरियो भनेर अन्यथा सोच्नुपर्ने कारण छैन। नितान्त भोलि गणनालाई सजिलो होस् भनेर हो', बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने।

आयोगले यस विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

ओलीले कांग्रेसलाई जोडेर चुनाव चिह्नको रङको विषय उठाएपछि कांग्रेस नेताहरु भने रोमाञ्चित सुनिन थालेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए- 'अहिले एउटा नयाँ सुरु भएको उखान चर्चामा छ। पहिले, साउनमा 'के भएको उसले' वर्षैभरि हरियो देख्छ भन्थे रे! अहिले भने, विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने उखान सुरु भएको छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिहीबार पनि शर्माले रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा आफूहरु प्रष्ट भएको बताएका छन्। ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु’, उनको भनाइ छ। 

यो पनि पढ्नुहोस्

ओलीलाई पदीय जिम्मेवारीको मर्यादा राख्न विश्वप्रकाशको सुझावबिहीबार, फागुन २६, २०७८

के निर्वाचन चिह्नको रङ निश्चित किसिमको राख्दैमा त्यसले पार्टी विशेषलाई सहयोग पुग्छ? विभिन्न कारणले त्यो सम्भावना खण्डन हुन्छ। पहिलो त, २०७४ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा सेतो मतपत्रभित्र हरियो चिह्न थिए। तर, १६५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले जम्मा २३ सिट जितेको थियो। नेकपा एमालेले ८० सिटमा जित हासिल गरेको थियो।

दोस्रो, चुनाव चिह्नको रङ हरियो बनाउँदा पनि कांग्रेसले जित्न नसक्ने भनेर स्वयं ओलीले नै बताएका छन्। बुधबार मोरङमा आयोजित कार्यक्रममा उनले भनेका थिए- 'चुनाव चिह्नहरु हरियो रंगमा राख्दैमा कांग्रेसको रुख फेरि बौरिने हो र?'

ओलीले यो विषयलाई निर्वाचनको निष्पक्षतासँग जोडेर नउठाएको उनकै अभिव्यक्तिले पनि प्रष्ट पार्छ। हरियो रङको विरोध गरेका उनले रातो रङको प्रस्ताव गरेका छन्। रातो रङ एमालेको चुनाव चिह्न सूर्यसँग मिल्दोजुल्दो रङ हो।

'हरियो चिह्न राख्न पाइँदैन। एक पक्षीय रुपमा एउटा पार्टीको रंग झल्किने गरी राख्न पाइँदैन', मोरङमा ओलीको भनाइ थियो, 'होइन भने, रातो चिह्न राखौँ। सबैतिर रातो राखौँ। सूर्य पनि रातो राखौँ। रुख पनि रातो राखौँ। सबै रातो राखौँ। रातो हुँदैन भने हरियो पनि हुँदैन। हरियो चाहिँ देखिन्छ भने, रातो छर्लंग देखिन्छ कि हरियो छर्लंग देखिन्छ?'

राजनीतिक विश्लेषक उद्धव प्याकुरेल ओलीले उठाएको यो विषय बिना तुकको तर्क भएको बताउँछन्। 'हेर्दै जाने हो भने कुनै पनि रङ कुनै न कुनै पार्टीको चिह्नसँग त मिल्छ होला। अनि के गर्ने त? सबैले विरोध गर्ने? कसैले नठाएको यो इस्यू अहिले उठाउन आवश्यक थिएन। यसको कुनै प्रतिकात्मक अर्थ पनि छैन', उनले भने।

अझ बृहत् रुपमा सोच्दा एमाले यतिबेला 'आइडेन्टिटी क्राइसिस' मा रहेको र त्यसको परिणामस्वरुप यस्तो तर्क आएको उनको भनाइ छ। 'एमसीसी र संसदीय लोकतन्त्रको सन्दर्भमा हेर्दा एमाले 'आइडेन्टिटी क्राइसिस'मा रहेको देखिन्छ। संसद्‌वादी होइन भनौँ भने लामो समयदेखि संसद्‌वादको अभ्यास गरेको छ। हो भनौँ भने कहिले पनि नसल्टिने विषयमा संसद् घेराउ गरिराखेको छ। संसद् घेराउ पनि हो कि होइन! किनभने कतिपय प्रस्तावहरु पारित गर्न ठाउँ दिइराखेको छ',  उनले भने ,'त्यहाँ पनि उहाँहरु प्रतिरक्षात्मक हुनुभएको छ। एमसीसीलाई पनि उहाँहरु संसद्‌को दस्तावेज बनाउँछौँ भनेर हिँड्नुभएको थियो। त्यहाँ पनि चुक्नुभयो। अहिले एमाले आइडेन्टिटी क्राइसिसको अवस्थामा छ। त्यो सन्दर्भमा ओलीले यस्ता इस्यू उठाउनुभएको छ। यसको कुनै अर्थ छैन।' 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्