काठमाडौं– नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। यही फागुन २८ गते शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुन लागेको हो।
यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।
केही साता रोकिएर पुनः सञ्चालन भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ।
मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन्।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।