• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
रामकोट घटना

भित्ताभरि ‘यो महाअलच्छिना घर हो’ लेखेर किन गरियो सामूहिक आत्महत्याको प्रयास?

64x64
नारायण अधिकारी मंगलबार, फागुन २४, २०७८  २१:१०
1140x725

काठमाडौं– प्रहरी कन्ट्रोलको १०० नम्बरमा सोमबार राति साढे ९ बजेतिर एउटा फोन आयो- 'रामकोटमा एउटा घरको परिवारका सबै सदस्य अर्धचेत अवस्थामा ढलिरहेको देखिन्छ।'

लगत्तै उक्त सूचना महानगरीय प्रहरी वृत्त स्वयम्भू र महानगरीय प्रहरी परिसर काठमाडौंसम्म पुग्यो। तत्कालै प्रहरी टोली घटनास्थल पुग्यो। नागार्जुन नगरपालिका–६, रामकोट डाँडापौवास्थित एउटा २ तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेको एउटा परिवारका सबै सदस्य विष सेवन गरेर अचेत अवस्थामा ढलिरहेका थिए।

घटनामा घाइते भएका ३३ वर्षीय सुर्वणमान प्रधानको भने घटनास्थलमै मृत्यु भएको थियो। 

६२ वर्षीया इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षका भीममान प्रधान, बुहारी ३५ वर्षीया मन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधान अचेत थिए। उनीहरुको अहिले पनि मनमोहन अस्पताल, सीतापाइलामा उपचार जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

एसपी मैनालीका अनुसार उनीहरुको अवस्था अहिले स्थिर छ। भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। घटनाबारे महानगरीय प्रहरी वृत्तबाट अनुसन्धान भइरहेको छ।

भित्ताभरि लेखियो- 'यो महाअलच्छिना घर हो'
रामकोटस्थित घरमा दोस्रो तलाको फ्ल्याट भाडामा लिएर यो परिवार गत कात्तिकबाट बस्न सुरु गरेको थियो। दोस्रो तलाका तीन वटा कोठामा बस्ने उनीहरु तीन वटै कोठामा ढलिरहेको अवस्थामा भेटिएका थिए।

एउटा कोठामा इन्दिरामाया उनका छोरा भीममान र भीममानकी छोरी सुप्रिया ढलिरहेको अवस्थामा भेटिएका थिए।

अर्को कोठामा भीममानका भतिज सुवर्णमान मृत अवस्थामा भेटिएका थिए भने अर्को कोठामा भीममानकी श्रीमती मन्दिरा अचेत अवस्थामा ढलेकी थिइन्। अनुसन्धान अधिकृतका अनुसार उनीहरु आइतबार राति खाना समेत नखाइ विष सेवन गरेर आत्महत्या प्रयास गरेजस्तो देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘सबै कोठामा विष घोलेर बोतलमा राखेको थियो। कालो ठूला–ठूला अक्षरमा तीन वटै कोठामा यो महाअल्च्छिना घर भनेर लेखिएको थियो’, एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने, ‘भित्ताभरी महाअलच्छिना घर भन्दै लेखेर आत्महत्याको प्रयास गरेकाले उनीहरु मानसिक तनावमा रहेको हुनसक्ने हामीले अनुमान गरेका छौं।’

फाइनान्सको ऋण
यो परिवारको फाइनान्सको ऋण रहेको पाइएको छ। न्यूरोडमा रहेको ब्रिटिश गोर्खाज् सेभिङ एण्ड क्रेडिट फाइनान्समा हाल गम्भीर बिरामी रहेकी भीममानकी श्रीमती मन्दिरा कलेक्टरको काम गर्थिन्। 

फाइनान्सबाट उनीहरुले ऋणसमेत लिएको पाइएको छ। लिएको ऋण नतिरेपछि उक्त केस प्रहरीसम्म पुगेको अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी वृत्त, जनसेवामा फाइनान्सले उजुरी गरेपछि गत शुक्रबार मन्दिरालाई जेनसेवा प्रहरीले बोलाएर केरकारसमेत गरको अनुसन्धानबाट खुलेको छ।  

अनुसन्धान अधिकृतका अनुसार गत शुक्रबार जनसेवा प्रहरीले मन्दिरालाई ६-७ घण्टासम्म कार्यालयमै राखेर सोधपुछ र केरकार गरेर छाडेको थियो। मानसिक अवस्था बिक्षिप्त हुनु, आर्थिक अवस्था समेत बिग्रिँदै जानु र फाइनान्सले समेत ऋण उठाउन प्रहरीसम्म उजुरी गरेपछि उनीहरु झनै तनावमा परेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि फाइनान्सको कति ऋण थियो भन्नेबारे अहिले नै नखुलेको प्रहरीले जनाएको छ।

सुसाइड नोट- 'यो नच्यात्नु, मोबाइलमा समेत फोटो खिचेको छ'
घटनास्थलबाट प्रहरीले सुसाइड नोटसमेत फेला पारेको छ। आफ्नो हरहिसाब सहितको १४ पानाको विवरण लेखेर उनीहरुले आत्महत्या प्रयास गरेको पाइएको छ, जहाँ आफूहरुको लास र कोठामा भएका सामानहरु समेत दाइलाई दिनु भनेर लेखिएको छ।

विभिन्न आर्थिक लेनदेनका कारण आफूहरुको अवस्थामा बिग्रेको उनीहरुले उल्लेख गरेका छन्। आफूहरुका लागि संसार नै अध्यारो हुँदै गएकाले आत्महत्याको बाटो रोज्नु परेको लगायतका विषयहरु उनीहरुले उल्लेख गरेको एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई बताए।

त्यसैगरी सुसाइड नोटमा 'यो नच्यात्नु होला' लेखिएको थियो। सुसाइड नोटको फोटो समेत आफूहरुले मोबाइलमा खिचेको र पठाउनुपर्ने व्यक्तिलाई समेत पठाएको उल्लेख गरिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अब उनीहरुको मोबाइलसमेत विधिविज्ञान प्रयोगशालामा पठाएर थप जाँच गरिने प्रहरीले जनाएको छ। सुसाइड नोटमा फाइनान्सको कारोबारबारे समेत उल्लेख गरिएको प्रहरी स्रोत बताउँछ। 

उच्च प्रहरी स्रोतका अनुसार मन्दिराले फागुन १८ गते र भीममानले फागुन २० गतेको मिति राखेर सुसाइड नोट लेखका पाइएको छ। नोटमा भीममान र उनकी श्रीमती मन्दिरा दुबैले हस्ताक्षर गरेका छन् भने औंठाछाप समेत लगाएको पाइएको छ। उक्त औंठा छाप सासुको हुनसक्ने प्रहरीको अनुमान छ।

मानसिकदेखि क्यान्सर रोगीसम्म
प्रहरीले उनीहरुको कोठाबाट मानसिक रोगको उपचार गराइरहेको प्रमाण पनि फेला पारेको छ। प्रहरी स्रोतका अनुसार भीममानले पाटन अस्पतालमा उपचार गराएर औषधी सेवन गर्न थालेको प्रमाण खुल्ने कागजात भेटिएको छ। 

अर्कोतर्फ उनकी सासु इन्दिरामाया क्यान्सरको रोगी भएको पाइएको छ। भतिजसमेत मानसिक रोगी भएको खुलेको छ। मानसिक रोगीदेखि क्यान्सर रोगीसम्म हुनु र आर्थिक अवस्थासमेत बिग्रँदै गएपछि उनीहरु सामूहिक आत्महत्यासम्म पुगेको हुनसक्ने प्रहरीको अनुमान छ।

उपचारमा समस्या
हाल गम्भीर बिरामी भएका चार जनाको महमोहन अस्पतालमा उपचार भइरहेको छ। तर, उपचारको खर्च अभावका कारण समस्या भएको प्रहरीले जनाएको छ। परिवारका सबै सदस्य बिरामी भएर उपचारमा खटिँदा उनीहरुको आफन्तसमेत कोही कसैले पनि सम्पर्क गरेर आर्थिक व्यवस्था नमिलाउँदा समस्या भएको प्रहरीले जनाएको छ। 

‘परिवारका सबै सदस्य बिरामी छन्। यता अस्पतालले पैसा बिना उपचार गर्ने कुरा भएन। कोही आफन्त भने यो त प्रहरीले उपचार गर्ने हो भन्ने तरिकाले कुरा गर्छन्। पैसा नहुँदा समेत उपचारमा समस्या आउने अवस्था देखिएको छ’, एक प्रहरी अधिकृतले भने। 

पैसाको अभावमा उपचारमा समस्या आउने देखिएपछि प्रहरीले समेत नगरपालिकादेखि वडा कार्यालयसम्मलाई यसको जानकारी गराएको छ।

एक वर्ष अगाडि मात्रै उनीहरु डल्लुको घरबाट अंशबण्डा गरी छुट्टिएर रामकोट बस्दै आएका थिए। पहिला अर्को घरमा भाडामा बसेका उनीहरु हाल घटना भएको घरमा भने गत कात्तिकबाट मात्र बस्दै आएका हुन्।

कसरी खुवाए आमादेखि छोरी र भतिजसम्मलाई विष?
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको दिमागमा अहिले प्रश्न तेर्सिएको छ- ‘कसरी खुवाए आमादेखि छोरी र भतिजसम्मलाई विष?’

श्रीमान्–श्रीमती तनावमा थिए भने उनीहरुले मात्रै विष सेवन गरेर आत्महत्या गर्ने सम्भावना हुन्थ्यो। तर, आमादेखि छोरी र भतिजसम्मलाई समेत विष सेवन गर्न लगाएर सामूहिक आत्महत्याको प्रयास गर्नुले घटना थप रहस्यमय रहेको प्रहरीको भनाइ छ। 

बच्चालाई विष खुवाउनका लागि उनीहरुले चिनीदेखि जुस मिसाएर समेत घोलेको जस्तो देखिएको प्रहरी अधिकृत बताउँछन्। विभिन्न औषधीका ट्याब्लेटदेखि सल्फाससम्म प्रयोग गरेर उनीहरुले आत्महत्याको प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्