काठमाडौं– डाबर नेपालले ‘डाबर वाटिका नेचुरल सेम्पु’को नयाँ रेन्ज सार्वजनिक गरेको छ।
काठमाडौंको हायात प्लेसमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सेम्पु सार्वजनिक गरिएको हो।
कम्पनीका ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले संयुक्त रुपमा सार्वजनिक गरे।
डाबर नेपालले नेपाली सेम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय वाटिका सेम्पु उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार ‘डाबर वाटिका नेचुरल सेम्पु’ तीनवटा भेरियन्टमा पाइन्छ।
‘डाबर वाटिका नेचुरल सेम्पु’ १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध छ। ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।